जन्तीबसले मोटरसाइकललाइ ठक्कर दिदा फाइनान्सका कर्मचारीको निधन, बस तोडफोड

जन्तीबसले मोटरसाइकललाइ ठक्कर दिदा फाइनान्सका कर्मचारीको निधन, बस तोडफोड


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ६ मंसिर २०७८
  • 17.5K
    Shares

जन्तीबसले मोटरसाइकललाइ ठक्कर दिदा सिन्धुपाल्चोकमा मेरो फाइनान्स कम्पनीका कर्मचारीको निधन भएको छ। सिन्धुपाल्चोकबाट काठमाडौं तर्फ आईरहेको हेलम्बु यातायातको बा ४ छ ७७६६ नम्बरको जन्तीबसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा सिन्धुपाल्चोकमा नुवाकोट घर भएका मेरो फाइनान्स कम्पनीका कर्मचारी बासु बस्नेतको निधन भएको हो ।

सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा भएको दुर्घरनापछि बसका चालक फरार छन्। बसको ठक्करबाट मृत्यु भएपछि स्थानीयले बसमा तोडफोड गरेका छन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार