प्रेस सेन्टर गण्डकीको अध्यक्षमा स्याङ्जाका काफ्ले चयन, बन्यो ४१ सदस्यीय नयाँ कार्य समिति

प्रेस सेन्टर गण्डकीको अध्यक्षमा स्याङ्जाका काफ्ले चयन, बन्यो ४१ सदस्यीय नयाँ कार्य समिति


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ कार्तिक २०७८
  • 3.6K
    Shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको गण्डकी प्रदेश कमिटिको अध्यक्षमा स्याङ्जाका अर्जुन काफ्ले चयन भएका छन्।  सेन्टरको आज पोखरामा भएको दोस्रो अधिवेशनले काफ्लेको अध्यक्षतामा ४१ सदस्यीय नया कार्यसमिति चयन गरेको हो।

समितिको उपाध्यक्षमा कास्कीका घनश्याम पाण्डेय, उपाध्यक्षमा राम थापा, समावेशी महिला उपाध्यक्षमा कमला केसी, प्रथम सचिवमा म्याग्दीका सन्तोष गौतम, कोषाध्यक्षमा कास्कीका विश्वराज सुवेदी, खुला सचिवमा सुनिल पाण्डे, सुवास अम्गाईं, सविन जिसी, महिला सचिवमा सूशीला क्षेत्री, जनजाति सचिवमा बिनाकुमारी थापा र दलित सचिवमा गुणराज रोका निर्विरोध निर्वाचित भएका हुन्।.

समितिको खुला सदस्यहरुमा आश क्रोम्चे तमु, छत्कुल्ली, सन्दीप खत्री, सागर भण्डारी, प्रनिस गिरी, विमल आचार्य, रामजी आचार्य, दीपक आचार्य, सन्तोष परियार, लिलाधर गिरी, राजकुमार ढकाल, लक्ष्मी पंगेनी, उत्तमबहादुर घर्ती, मुरारी शर्मा चयन भएका छन्। त्यस्तै महिला सदस्यमा सविता शर्मा र सरिता खत्री, दलित सदस्यमा लक्ष्मी सुनार र खगेन्द्र विक तथा जनजाति सदस्यमा शर्मिला रोका मगर चयन भएका छन्। यस अघि अधिवेशनको उद्घाटन नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा “प्रभाकर”ले गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार