सोलुखुम्बुको खुम्बु क्षेत्रको हिमाल आरो’हणका क्रममा बेप’त्ता भएका तीन जना फ्रान्सेली नागरिकको श’व फेला परेको छ। सोमबार तालिमप्राप्त फ्रान्सेली नागरिकको टोलीले श’व फेला पारेको पर्यटक प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेले जानकारी दिए। नेशनल नेपाल माउन्टेन गाइडको टोलीले श’व फेला पारेपनि उद्धा’र भने गर्न सकेका थिएनन्।
नेशनल नेपाल माउन्टेन गाइडको टोलीले माउन्ट खाङतेका हिमालमै हिउँको खोंचमा थोमस, गाब्रियल र लुइस नाम गरेका फ्रान्सेली नागरिकको श’व फेला पारेका थिए।
ती श’व पोस्टमार्टमका लागि काठमाडौ ल्याएको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिए। हिमाल आरो’हणका लागि गएका तीन जना फ्रान्सेली नागरिक ९ कात्तिकदेखि नै बेप’त्ता थिए।