घरको झ्याल लात्तीले हानी फुटाएर भित्र पसी महिलालाई सामुहिक वलात्कार गरेको आरोपमा प्रहरीले म्याग्दीबाट तीन जना युवाहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा म्याग्दी जिल्लाको बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदाम रहेका छन्।
एक जनालाई रुपन्देही र दुई जनालाई पोखराबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले जानकारी दिए । उनीहरुले आफ्नै घरमा सुतिरहेकी एक महिलाको घरको झ्याल लात्तीले फुटाइ भित्र पसेर पालै पालो वलात्कार गरेको आरोप प्रहरीले लगाएको छ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, पिडित ती महिलालाई वालात्कारमा संलग्नहरुको आफन्तहरुले आर्थिक लेनदेन गरेर मुद्दा गाउँमा नै मिलाउन दबाब दिएको बताइएको छ। उनीहरुले ती महिलालाई अदालतमा सहमतिमै शारीरिक सम्बन्ध राखेको भनी बयान फेर्नका दबाब दिइरहेको प्राप्त समाचारमा जनाइएको छ। तर त्यस्तो दबाबले अनुसन्धानमा कुनै फरक नपार्ने प्रहरीले दाबी गरेको छ।
नेपालको मुलुकी अपराध संहितामा १८ वर्ष वा माथिका व्यक्ति बलात्कारमा १० देखि १२ वर्षसम्म कैद सजायका साथै सामूहिक बलात्कार पुष्टि भएमा थप ५ वर्ष सजायको कानूनी ब्यवस्था रहेको छ ।