धादिङको गजुरीमा वाइरिङ सर्ट हुँदा यात्रुवाहक बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा आइतबार बिहान २ बजे वाइरिङ सर्ट हुँदा आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।
प्राप्त जानकारी अनुसार यात्रुहरू सकुशल रहेको र बसमा भने पूर्ण रूपमा क्षति पुगेको छ । गजुरीमा बजारमा आइपुगेपछि गुडिरहेको सो बसभित्र एक्कासि धुँवा देखिएपछि यात्रुलाई चालकले बाहिर निकालेका थिए ।
बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । यात्रुका केही सरसमान भने जलेको छ ।