आज महा’अष्टमी पर्व, दुर्गा भवानीको पूजा गरि मनाइदै

आज महा’अष्टमी पर्व, दुर्गा भवानीको पूजा गरि मनाइदै


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २७ असोज २०७८
  • 5.5K
    Shares

आश्विन शुक्ल अ’ष्टमीका दिनमा मनाइने महा’अष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवा’नीको विशेष पूजा आरा’धना गरी भव्य’रूपमा मनाउँदैछन् । आजको दिन शा’स्त्रसम्मतरुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न श’क्तिपीठमा पशु ब’लि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्दे’वीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

हाअष्टमीको दिन दुर्गा भवानीलाई श’क्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन कल’पूर्जा, हा’तह’तियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु’ब’लिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।

पशुब’लि नचढाउनेहरुले भने आज पूजा कोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाइ पूजाआजा गर्ने गर्दछन् । आज राति हनुमानढोकाको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको ब’लिसहित काल’रात्रि पूजा गर्ने गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार