दसैंमा फलफूलको व्यवस्था मिलाउन नेपाली व्यवसायीले रसुवागढी नाकाबाट स्याउ आयात गरेका छन् । शनिबार र आइतवार दुई दिनको अ’न्तरालमा ३६ क’न्टेनर स्याउ नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी एवम् भन्सार अधिकृत नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।
सो ना’काबाट ठुलो परि’माणमा स्याउ भित्रिएसँगै दसैँका लागि नेपाली बजारमा फलफूलको आ’पूर्ति व्यवस्था सह’ज हुने भएको छ । नेपाल भि’त्रिएको स्याउ भ’न्सार प्र’क्रिया पूरागरी धमाधम काठमाडौँ लाने क्रम सुरू भइरहेको सूचना अधिकारी चौधरीले बताए ।
चाडपर्वमा फलफूलको अ’भाव हुन नदिन व्यवसायीले स्याउलगायत तयारी पो’शाक, जुत्ता, चप्पलजस्ता साम’ग्री आ’यातमा पहिलो प्रा’थमिकता दिँदै आएको पाइएको छ । आम उपभो’क्ताको चाहना एवम् राजधानी काठमाडौँलगायत व्यव’सायीक क्षेत्रको मागका आधारमा चाडपर्वलाई ल’क्षित गरी सामग्री आया’त गर्ने गरिएको व्यवसायी धर्म पौडेलले जानकारी दिए ।
चीनको उत्पादक क’म्पनी वा फर्मलाई नेपाली व्यवसायीले सामान अ’र्डर गरे पश्चात् ढुवानी सेवामा कार्य’रत सबैभन्दा ठूलो चिनियाँ कम्पनी मुसा टान्सपोर्टले रसुवागढी पु¥याइ छिटो’छरितो सेवा दिँदै आएको बताइएको छ ।