लुम्बिनी प्रदेश सरकारले प्रति’स्थापन विधे’यकमार्फत आज नयाँ बजेट ल्याउँदै छ। दिउँसो एक बजे बस्ने लुम्बिनी प्रदेश सभाको बैठकमा सरकारका तर्फबाट आ’र्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रति’स्थापन विधे’यकमार्फत नयाँ बजेट सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दु’र्लभ कुमार पुन मगरले जानकारी दिए।
यसअघि शंकर पोखरेल नेतृ’त्वको सरकारले चालु आर्थिक वर्ष ०७८÷०७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो। प्रति’पक्षी दलहरूको अस’हयोगका का’रण बजेट पारित हुन नसकेपछि त’त्कालीन सरकारले अ’ध्यादेशमार्फत बजेट ल्याएको थियो।
तर, २८ साउनमा माओ’वादी के’न्द्रका कुलप्रसाद केसी नेतृत्व’मा कांग्रेस, जनता समा’जवादी पार्टी, राष्ट्रिय जन’मोर्चा र स्व’तन्त्र सांसद अजय शाही समेतको गठ’बन्धन सरकार बनेपछि बजेट कार्या’न्वयन हुन सकेको थिएन।
प्रदेश सभाको प्रमुख वि’पक्षी दल एमालेले भने बैठक अव’रुद्ध गर्ने बताएको छ। एमालेले स्वतन्त्र सांसद अजय शाही र गत १९ वैशाखमा माओ’वादी केन्द्र रोजिसकेकी विमला खत्री वलीलाई आफ्ना सांसद दावी गर्दै उनीहरूलाई पद’मुक्त गर्नुपर्ने मागसहित लुम्बिनी प्रदेश सभा बैठक अव’रुद्ध गर्दै आएको छ।
एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले आजको बैठक पनि अव’रुद्ध पार्ने बताए।