३ महिनापछि खुल्यो मनाङ जो’ड्ने सडक , बेँसीशहर-चामे स’डकमा मन’परी भाडा !

३ महिनापछि खुल्यो मनाङ जो’ड्ने सडक , बेँसीशहर-चामे स’डकमा मन’परी भाडा !


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ असोज २०७८
  • 3.1K
    Shares

गत १ असारको बा’ढीले बेँसीशहर-चामे स’डक क्ष’तविक्ष’त भयो । मोटर त परको कुरा, मान्छे हिँड्न पनि मुस्किल थियो । विस्तारै चामे स’डक खुल्ने क्रममा छ । अहिले बेँसीशहरदेखि बगरछाप सम्म सिधै गाडी पुग्छ । त्यसपछि २०० मिटर लामो प’हिरो छ ।

चामेबाट दानाक्युसम्म पनि गाडी ओहोरदोहोर गर्न थालेको छ । चामेदेखि तलेखुसम्मको बाटो पनि खुलेको छ । तलेखुदेखि भ्राताङसम्म भने छिटै स’डक खुल्ने अव’स्था नरहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताउनुभयो । करिव एक किलोमिटर क्षेत्रमा ठूला भीर छन् । त्यसलाई ब्ला’ष्ट गरेर फुटा’उनुपर्छ ।

‘भ्राताङको भि’र खुल्यो । त्यहाँ गाडी चल्ने भयो आजदेखि । त्यो भिर का’टेपछि भ्राताङदेखि खाङसारसम्म सजिलै गाडी गुड्छ’, उहाँले भन्नुभयो , ‘बेँसीशहरदेखि चामेसम्म पनि केही दिनभित्रमा खुल्छ । सबैतिर खुलि’सक्यो । बगरछाप मात्र बाँकी हो ।’

बगरछापमा करिव २०० मिटर लामो सडकमा प’हिरो गएको छ । पानी जमिनमुनिबाट बगि’रहेको छ । ‘ले’दोलाई ह्यु’मपा’इप राखेर क’टाउने र अन्त ढुंगा बि’छ्याउने योजना छ । पर्सिसम्म खुल्छ होला’, उहाँले भन्नुभयो, ‘यो मर्मत अ’ल्पका’लीन मात्र हो । तत्काल गाडी चल्ने बाटो गरेका हौँ । पछि राम्रोसँग बनाउनुपर्छ ।’

जिल्लास्थित सरकारी टोलीले बगरछाप क्षेत्रको सडक रि-रुट गर्न सुझाव दिएको छ । खोत्रोमा पनि प’हिरो ख’स्ने क्रम जारी छ ।

भ्राताङदेखि खाङसारसम्म मनाङ ङिस्याङ गाउँपालिकाले करिव २२ लाख रुपैयाँ लागतमा सडक खो’लिएको हो भने बेँसीशहरदेखि चामेसम्मको सडक डुम्रे-बेँसीशसहर-चामे स’डक आयोजनाले मर्मत गरेको हो । चामेसम्मको ख’ण्डमा मर्मतका लागि एक करोड ९५ लाख रुपैयाँ लागत अनुमान गरिएकामा उत्तरगया कन्स्ट्र’क्सन कम्पनीले ५५ प्रतिशत घ’टेर ठे’क्का लिएको लामिछानेले बताउनुभयो ।

‘शुरुको एक महिना काम गर्नै आएन । आ’लटाल गर्‍यो । कालो’सूचीमा हाल्छौँ भनेर दबा’ब दिएपछि अहिले धमा’धम काम गरिरहेको छ’, उहाँले भन्नुभयो । अघिल्लो साता खोत्रोसम्म मात्र गाडी चल्थ्यो ।

सडक बगेपछि बेँसीशहर-चामे सडकमा व्यवसायीहरूले मन’परी भाडा लिन थालेका छन् । पहिले चामेसम्म एक हजार रुपैयाँ भाडा तोकिएकामा हाल दोब्बर अर्थात् दुई हजार रुपैयाँभन्दा बढी पर्छ । कसैले दुई हजार २०० रुपैयाँसम्म भाडा लिने गरेका छन् । मन’परी भाडा लिएपछि यात्रुहरू म’र्कामा परेका छन् । भाडा मीत’व्ययी बनाउन जिल्ला प्रशा’सनले खासै चासो नदिएको स्था’नीयको गुना’सो छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार