बंगालको खा’डीमा बिकसित ‘गुलाब’ चक्र’वातको असरले आज मुलुकभर वर्षाको स’म्भावना रहेको मौसम पूर्वा’नुमान महाशाखाले जनाएको छ । गुलाब चक्रावतको नेपालमा खासै असर नपरे पनि मौसममा बदली र देशभर सामान्यदेखि मध्यम वर्षाको सम्भा’वना रहेको महाशखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज ८ गते बंगालको खा’डीबाट विक’सित भएको ‘गुलाब’ नामक शक्ति’शाली चक्रवात असोज १० गते भारतको उडिसामा जमिनमा अव’तरण भएको छ । उक्त च’क्रवा’त अहिले न्यू’न चा’पीय क्षे’त्रका रूपमा पश्चिमतर्फ अगाडि बढिरहेकाले त्यसको अप्रत्य’क्ष परिधीय अ’सरले नेपालमा आंशिकदेखि सामान्यसम्म मौसम ब’दलीको अवस्था हुन सक्ने तर भारी वर्षा हुने सम्भावमा छैन ।
मौसमविद् राजु प्रधानांगका अनुसार सोही प्रभावले मंगलबार बिहान चितवनमा मध्यमस्तरको वर्षा भएको छ । दिउँसो काठमाडौँ उपत्यकासहित देशभरका केही स्थानमा सामान्यदेखि मध्यमस्तरको वर्षा हुन सक्ने उनले बताए ।
मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार आज राति पनि देशका केही स्थानमा मे’घ-ग’र्जन र च’ट्याङ’सहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।