इजरायलमा ‘केयर’गिभर’का लागि एक हजार छ सय जनाको नाम सिफा’रिस भएको छ । आइतबार बिहान वैदे’शिक रोज’गार विभागले इज’रायलमा ‘केयर’गिभर’का लागि जान चाहाने मध्येबाट एक हजार ६ सयको नाम सिफा’रिस गरेको हो । विभागले भाषा परी’क्षा उर्तीण गरी अन्त’रवार्तामा सहभागी मध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम इज’रायलको पपु’लेसन एन्ड इमि’ग्रेसन अथो’रिटी (पिआइबीए) लाई सिफा’रिस गरेको हो।
अब इज’रायलको पिआइबिएले विभागले सिफा’रिस गरेको सूचीबाट कामदार छनोट गर्नेछ। त्यसपछि पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार स’म्झौता हुनेछ। रोजगार स’म्झौता भएका व्यक्तिहरू इजरा’यल जान पाउने छन्।
यसका लागि अहिले छनोट भएका एक हजार छ सय मध्येबाट एक हजार चार सयको रो’स्टर तयार गर्ने र त्यसबाट एक हजार काम’दार इजरायलले छनोट गर्ने विभागले जनाएको छ। छानिएका कामदार जाँदा लाग्ने शुल्क रोज’गारदाताले नब्य’होरेमा कामदार स्वयंले भिसा र टिकटलगायत खर्चका लागि करिब १ लाख ६५ हजार तिर्नुपर्ने हुन्छ ।
यसपटक छानिएका कामदारहरूले व्यक्तिको घरमा नभई नर्सि’ङ होम तथा के’यर होमलगायत संस्थाका लागि काम गर्नेछन् । भिसा अवधि पाँच वर्षको रहेको छ। कमाइ मासिक डेढ लाखभन्दा बढी नेपाली रूपैयाँ हुने उल्लेख छ।