नेपालमा पहिलोपटक दु’र्लभ प्रजाति नयाँ चरा भेटिएको छ । नेपालका लागि उपल्लो मुस्ताङमा ‘ठेउवा’ प्रजा’तिको नयाँ चरा भेटिएको अन्न’पूर्ण संर’क्षण क्षेत्र आयोजना, इलाका संर’क्षण क्षेत्र कार्यालय लोमान्थाङले जनाएको छ ।
‘युरोपियन रोलर’ अथवा ‘युरोसियन रोलर’ नाम गरेको सो प्रजाति नेपालमै पहिलोपटक उपल्लो मुस्ताङबाट अभिलेख गरिएको हो । धार्मिक कला, सं’स्कृति र मौलि’कताले भरिएको उपल्लो मुस्ताङको पर्यटकीय गाउँ लोमान्थाङ नजिककै केकीघांङ क्षेत्रमा इलाका संर’क्षण कार्यालय’ लोमान्थाङका कर्मचारी तथा स्थानीय पर्यटन व्यवसायी रामबहादुर गुरुङले दुई साताअघि सो प्रजातिको चराका तस्बिर कै’द गर्नुभएकाे थियाे ।
पर्यटनकर्मी गुरुङले कै’द गरेका तस्बिरहरू सुरुआतमा नेपालमा पाइने ठेउवा हो कि भन्ने आकलन गरिए पनि सो तस्बिरको पहिचानका लागि रा’ष्ट्रिय प्र’कृति संर’क्षण कोषअन्तर्गतको अन्नपूर्ण संर’क्षण क्षेत्र आयोजनाको ‘इलाका सं’रक्ष’ण कार्यालय’ जोमसोम-लोमान्थाङका कार्यालय प्रमुख एवं संर’क्षण अधिकृत ऋषि बराललाई पठाइएको थियो ।
उहाँ उक्त प्रजातिको चरा ‘युरोपियन रोलर’ नै हो भन्ने विश्वस्त हुनुभयाे । चराको थप पहिचानको पुष्टि गर्न नेपाल र बाहिरका चरा विज्ञ’हरूलाई चराको विभिन्न तस्बिर पठाइयो । बेलायती चरा’विद् क्यारोल इन्स्किप, टिम इ’न्स्किप तथा नेपालका चराविद्हरू डा. हेमसागर बराल, सोम जिसी, सञ्जीव आचार्यलगायतले चरा ‘युरोपियन रोलर’ नै भएको र हालसम्म नेपालमा अभिलेख नभएको बताउनु भएकाे छ ।
चरा अवलोकनमा रुचि राखेर नियमित चरा अवलोकन गर्ने गरेका एक्या’पका कर्मचारी गुरुङले सो चरा नेपालमा पहिलो पटक अभिलेख गर्न पाउँदा उत्साहित बनाएको बताउनु भएकाे छ । गुरुङ चरासम्बन्धी अवलोकनमा विशेष रुचि राख्ने गर्नुहुन्छ
सं’रक्ष’ण अधिकृत ऋषि बरालले अझै पनि नेपालमा नयाँ चराहरू भेटिनु थप अनु’सन्धा’नको आवश्यकता रहेको औंल्याउनु भएकाे छ । ‘नयाँ प्रजा’तिको चरा कसरी यो क्षेत्रमा आयो ? यिनको अवस्था कस्तो छ ? उहाँले भन्नुभएकाे छ, ‘यसका लागि थप अनु’सन्धा’न गर्नैपर्ने हुन्छ ।’
वरिष्ठ चराविज्ञ डा. हेमसागर बरालले उपल्लो मुस्ताङमा भेटिएको चरा नयाँ प्रजातिको भएको दाबी गर्नुभयाे । ‘वास्त’वमा यो चरा नेपालमा पाइन सक्छ भनेर यसमा रुचि राख्ने विज्ञ’हरूले तराई क्षेत्रमा निकै खोज गरे, अन्ततः चरा उपल्लो मुस्ताङमा पो भेटियो,’ उहाँले भन्नुभयाे, ‘यो चरा नेपालमा पहिलो पटक अभिलेख भएको छ, यो चरा वयस्क चरा भने होइन ।’ थप नयाँ प्रजा’ति मुस्ताङमा भेटिएसँगै अन्नपूर्ण क्षे’त्रमा पाइने चराको संख्या पाँच सय १९ पुगेको छ ।