असार र साउनमा आएको बा’ढीका का’रण क्षति’ग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच स’डक खो’ल्न थालिएको छ। बा’ढीका का’रण झण्डै तीन महिना स’डक अव’रुद्ध थियो। सडक खुलेपछि एकातिर स्थानीयवासीलाई आव’तजा’वत सजिलो हुनेछ भने आयोजनास्थलसम्म पुग्न सकेमा त्यहाँका संरचनाको मर्मत अघि बढ्नेछ।
मेलम्ची पुलबजारबाट अम्बाथा’नसम्म २२ किमी सडकमध्ये १४ किमीमा ‘ट्र्या’क’ खुलिसकेको छ। अब चनौटेबाट अघि आठ किमी स’डक खुलाउन बाँकी रहेको छ। चनौ’टेमा रातो पुल बगाएपछि त्योभन्दा अगाडिको स’डक खु’लाउन नसकिएको हो।
पुलबजारबाट ट्र्या’क खोल्दै जाँदा चनौटेबाट अम्बा’थानसम्म थप दुई पुल बगा’एको छ। त्यहाँ बेलि’ब्रिज नबनाएसम्म यातायात चा’लू नहुने देखिएको छ। केही दिन पहिलेदेखि चनौटेसम्म सवारी’साधन चल्न थालेको छ। यहाँको न्वार खोलामा सडक क’टान भएकाले अहिले साना गाडी मात्रै चलिरहेका छन्। त्यो मर्मत भएपछि ठूलो गाडी जान सक्नेछ। न्वार खोला क्षेत्रमा मर्मत गरिएपछि चनौटेसम्म नै ठूलो गाडी चल्नसक्ने बताइएको छ। चनौटेसम्म यात्रुबाहक बस चल्न थालेमा हेलम्बुका गाउँपालिकाका–४, ५, ६ र ७ का बासिन्दालाई सजिलो हुनेछ। केही समय पहिलेसम्म आवत’जावत नै अव’रुद्ध भएकामा अहिले काठको पुल राखेर चालू गराइएको छ।
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा ठूलो क्ष’ति भएको भनिए पनि त्यसको यकीन हुन सकिरहेको छैन। आयोजनास्थलसम्म पहुँच सडक सम्पन्न नभएकाले क्षति यकीन हुन नसकेको खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले बताए।
उनका अनुसार पहिलेको पहुँच स’डक पूरै पुरिएकाले नयाँ ट्र्या’क खुलाउन लागिएको छ। पहिले सडक भएको ठाउँको नजिकै नै हुने गरी स’डक खुलाइने उनले बताए। उनले भने, ‘सबै पुरिएकाले पहिले र अहिले भन्ने देखिएको छैन, त्यसैको हारा’हारीमा खुलाइरहेको छौ।’
पहिलो पटक असार १ गते आएको बा’ढीले आयोजनामा क्ष’ति पु-याएको थियो। त्यतिबेला झण्डै रु एक अर्बको क्षति भएको अनुमान गरिएको थियो। साउन महिनामा पटकपटक बाढी जाँदा झण्डै रु दुई अर्ब ४० करोड’को क्ष’ति भएको आयोजनाले जनाएको छ। प्रारम्भिक अनुमानका आधारमा क्ष’तिको अनुमान गरिएको भए पनि प्राविधिक आयोजनास्थलसम्म जान नसकेकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रवक्ता न्यौपानेले बताए। पहुँच स’डक बनेर त्यहाँसम्म पुगेपछि नै केके क्षति भएको हो र त्यसको मर्मतमा कति खर्च लाग्छ भन्ने थाहा हुने उनले बताए।
आयोजनास्थलमा मर्मतको काम अघि बढाउन सुरु गरिए पनि त्यसमा सरकारको आफ्नै लगानी हुने कि दातृ निकायसँग सहयोग मागिने भनी टुङ्गो लाग्न सकेको छैन। आयोजनामा बैंकको सहयोग भएकाले पनि उसको सहयोग लिने कि सरकारको खर्च छलफल भइरहेको प्रवक्ता न्यौपानेले बताए। पहिले कति ख’र्च लाग्छ भनी आयोजनाले अध्ययन गर्नेछ। उनले भने, ‘त्यहाँ पुगेर समय र रकम थाहा भएपछि नै स्रोत कसरी व्यवस्थापन गर्ने भन्ने थाहा हुन्छ।’
आयोजनामा मात्रै नभएर त्यहाँका अरु पूर्वाधारमा क्ष’ति पुगेकाले मन्त्रालयले सरोकार राख्ने निकायसँग छलफल अघि बढाएको छ। फरकफरक पूर्वाधारको काम फरक मन्त्रालय र निकायले गर्नुपर्ने प्रव’क्ता न्यौपानेले बताए। सड’क, पुल, खानेपानी सबै आयोजना एक्लैले गर्न नसक्ने भएकाले सबैको संयोजनमा काम गर्नुपर्ने उनले बताए। अहिले मन्त्रालयले ती निकायसँग कसले के गर्ने भनी छलफल गरिरहेको छ। उनले भने, ‘एउटै मन्त्रालय र निकायसँग विशे’षज्ञता पनि नहुने र समय बढी लाग्ने भएकाले सबै मिलेर छिटो गर्ने योजना छ।’
मेलम्ची आयोजनामा भएको क्ष’तिको विस्तृत अध्ययनका लागि बैंकको सहयोगमा भौग’र्भिक अध्ययन सुरु भएको छ। यो ठाउँमा प’हिरो यो वर्ष मात्रै आएको हो कि अरु वर्षमा पनि ख’तरा छ भनेर अध्ययन गर्न लागिएको हो। यहाँको भू’गोल, वातावरणीय अवस्थाका बारेमा अध्ययन गराउन बैंकलाई मन्त्रालयले अनुरोध गरेको थियो। उनले भने, ‘एडिबीले विशेष’ज्ञसहित टोली राखेर अध्ययन गरिरहेको छ।’
गत वर्ष उपत्यकावासीले केही महिनासम्म मेल’म्चीको पानी उपभोग गर्न पाएका थिए। यो वर्षभित्रमा पुनःपानी ल्याउने सरकारको योजना छ। सडक, पुललगायतका पूर्वाधार निर्माणमा समय लाग्ने भए पनि जतिसक्दो चाँडो पानी ल्याउन लागिने प्रवक्ता न्यौपानेले बताए। पानी ल्याउने र अरु काम सम्पन्न गर्ने फरक समय लाग्ने देखिएको छ। तत्काल पहुँच सडक बनाउन सकिएमा आयोजनाका संर’चनामा रहेका अ’वरो’ध हटा’एर पुनःपानी ल्याउन सकिन्छ। अहिले हेर्दा सडक र पुल सम्पन्न गरिसक्न लामो समय लाग्न सक्ने देखिएको छ। उनले भने, ‘पानी जतिसक्दो चाँडो ल्याइनेछ भने मर्मतको काम पनि चालू गरिनेछ।’
उपत्यकावासीले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका थिए। यहाँको जन’सङ्ख्या बढिरहँदा भएको स्रो’त घ’ट्दै गएकाले वर्षेनी खानेपानीको समस्या अझै विक’राल बनिरहेको थियो। सरकारले दुई दशक पहिले मेलम्ची खोलाको पानी उपत्यकामा ल्याउने योजना बनाएको थियो। योजना निर्माण सुरु भएको लामो समय पछि बल्ल सम्पन्न भयो। झण्डै तीन महिना घरघरमा पानी आएकामा आयोजनाको परी’क्षणकै क्रममा पहि’रोले पुनःसंर’चनामा क्ष’ति पु-याएको छ। काठमाडौँवासीले कहिलेसम्म पानी पाइन्छ भनेर चासो राखिरहँदा यहाँको क्ष’तिको मर्मत पनि सजिलो देखिएको छैन।
उपत्यकामा रहेको खानेपानीको सम’स्या समाधानकै लागि मेल’म्चीको पानीको विकल्पमा पनि छलफल भइरहेको छ। काठमाडौँ उपत्यका र उपत्यका आसा’पासका क्षेत्रमा रहेका मुहानको खोजी गरेर त्यसको अध्ययन गर्ने गरी मन्त्रालयमा छलफल भइरहेको प्रवक्ता न्यौपानेले बताए। आयोजनास्थलमा मर्मत गरिसक्न कम्तीमा पनि चैत महिनासम्म लाग्ने देखिएको छ। कताको पानी ल्याएर उपत्यकावासीलाई सजिलो बनाउने भनी विकल्पमाथि छलफल भइरहेको छ। मेलम्चीको विकल्पका विषयमा विगतमा पनि छलफल भइरहेकामा अहिले अध्ययनमा नै जाने योजना बनाइएको उनले बताए।