धनुषामा आमा–छोराको श’व फेला परेको छ । सोमबार बिहान धनुषाधाम नगरपालिका–२ धर्मपुरस्थित पोखरीमा आमा–छोराको श’व फेला परेको हो ।
अशोक सिंहकी श्रीमती अर्चना सिंह र उनका चार वर्षीय छोरा कुशकुमार सिंहको श’व घर नजिकैको पोखरीमा फेला परेको इलाका प्र’हरी कार्यालय धनुषाधामका प्र’हरी निरी’क्षक सुरेश ठाकुरले जानकारी दिए ।
उनका अनुसार प्र’हरीले जन’प्रतिनिधिको रोहबरमा पोखरीबाट श’व बाहिर निकालेको छ । श’वलाई पो’स्ट-मार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउने तयारी भइरहेको छ । स्थानीयले घ’टना शङ्का’स्पद रहेको बताएका छन् । तर, प्र’हरी श’वको प्रकृति हेर्दा कुनै चोट’पटक नरहेको र बाँकी कुरा अनु’सन्धा’नबाट खुल्ने बताएका छन् ।
अशोक कार्पेन्टरको काम गर्छन् । आइतबार बिहान महेन्द्रनगर काम गर्न गएका थिए । राति घर नफर्केको प्र’हरीलाई परिवारजनले जनाएका छन् । तर, स्थानीयले दिएको जानकारी अनुसार राति श्रीमान् श्रीमतीबिच झ’गडा भएको थियो ।
प्र’हरीका अनुसार घ’टनाबारे थप अनु’सन्धा’न भइरहेको छ ।