दसैं मनाउन उपत्यका बाहिर जानेका लागि यही असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच भएको बैठकले टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो।
यातायात व्यवस्था विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँगको समन्वयमा अग्रिम टिकट बुकिङ खुलाउँदै आएको छ ।
सङ्घीय सरकारले पछिल्लो पटक २७ असारमा भाडादर समायोजन गरेको थियो । त्यसै आधारमा सबै प्रदेश सरकारले र स्थानीय तहले भाडा समायोजन गर्नुपर्नेमा अझै गरिसकेका छैनन् । व्यवसायीले भने भाडादर समायोजन गर्न माग गरिरहेका छन् ।
प्रदेश सरकारले बढेको भाडा कार्यान्वयन गर्न ढिलाइ गरे पनि दसैंमा २८ प्रतिशत भाडा बढाएर लिन पाउनु पर्ने माग आफूहरूले राखेको केन्द्रीय महासंघका महासचिव भरत नेपालले बताए।
यात्रुलाई सजिलै घर जान पाउने व्यवस्था मिलाइने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए । ‘गत आवमा अग्रिम टिकट नखुलाएर पनि फर्कन चाहनेलाई व्यवस्था मिलाइएको थियो,’ सिटौलाले भने, ‘यस वर्ष पनि सबैलाई घरघरमा पुर्याइनेछ ।’
त्यस्तै पुरानो बसपार्कबाट अरनिको राजमार्ग हुँदै चल्ने सवारीका लागि बसपार्क नहुँदा दसैंको समयमा निकै ठूलो समस्या पर्ने उनले गुनासो गरे।