कालिगण्डकी दो’हन रोक्न ‘नदी सप्तक’ कविता शृङ्खला सुरु

कालिगण्डकी दो’हन रोक्न ‘नदी सप्तक’ कविता शृङ्खला सुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ असोज २०७८
  • 7K
    Shares

कालीगण्डकी बचाऔँ अभियानले कविता शृङ्खला ‘नदी सप्तक’ सुरुआत गरेको छ । अभियानले कालीगण्डकीमाथि रचिएका कवितालाई ‘पोस्टर कविता’का रुपमा अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत शृङ्खलाबद्धरुपमा सम्प्रेषण गर्न थालेको हो । अभियान कालीगण्डकी नदीमाथि भइरहको अवैध दोह’नविरु’द्ध सङ्घर्षरत छ । दिव’ङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेले विसं २०१५ मा लेखेको कविता ‘कालीगण्डकी’बाट ‘नदी सप्तक’ कविता शृङ्खला सुरुआत गरिएको अभियानकर्मी आरके अदिप्त गिरीले बताउनुभयो । मन्द’क्रान्ता छन्दमा लेखिएको उक्त कवितामा कालीगण्डकीको वै’भव र महिमा वर्णन छ ।

शनिबारदेखि सुरु भएको कविता शृङ्खलामा सयभन्दा बढी कविका रचना समावेश हुने अभियानले जनाएको छ । यसअघि कालीगण्डकी संर’क्षणमा सिर्जनामार्फत ऐक्य’बद्धता जनाउन अभियानले देशभरबाट कविताको आ’ह्वान गरेको थियो । प्राप्त कवितालाई डिजिटल माध्यमको सहारामा जनस्तरमा प्रसार गरिने अभिया’नकर्मी गिरीको भनाइ छ । कालीगण्डकी नदीमाथि भइरहेको चर’म दोह’न रोक्न अभियानले रचनात्मक तवरले दबा’ब बढाइरहेको छ ।

कविका जीवन्त रचनाले नदीसहित प्राकृ’तिक सम्पदा संर’क्षणको मुद्दालाई सिर्जनशील ढङ्गले मुखरित गर्ने अभियानको विश्वास छ । “कविताको आफ्नै शक्ति छ, यो कला र भावनाको संयोग मात्र होइन, कविता जागरण हो, आ’न्दोलन हो”, अभिया’नकर्मी गिरीले भन्नुभयो ।मुलुकका दिग्गज कवि, लेखकका आवाजलाई राज्ययन्त्र र दोह’नकारी सम्म पु¥याउनु ‘नदी सप्तक’ कविता शृङ्खलाको उद्देश्य रहेको उहाँको भनाइ छ । काली’गण्डकी नदीमाथि चलिरहेको विना’शली’लाको विरो’धमा हरेक सचेत नागरिक जुर्मुराउनुपर्ने स्थिति आएको अभियानले जनाएको छ ।

हरेकखाले परिवर्तनका क्षणमा कवि, लेखकका योगदानको गौरवपूर्ण स्थान रहेको भन्दै अभिया’नकर्मी गिरीले कालीगण्डकी संर’क्षणमा जोडिएर सर्जकले अर्को महत्वपूर्ण अभिभारा निभाएको टिप्पणी गर्नुभयो । यही अभियानमा समर्थन जनाएर प्रसिद्ध कवि श्रवण मुकारुङले रचेको ‘ए कालीगण्डकी…’ बोलको गीत अहिले ‘रेक’र्डिङ’को चरणमा छ । मुकारुङकै सङ्गीत रहेको उक्त गीतमा गायक कर्ण दासले स्वर दिँदै हुनुहुन्छ ।

देशभरका प्रतिनिधि स्रष्टाका कालीगण्डकी पक्षधर कवितालाई पछि ‘नदी सप्तक’ कृतिमा सङ्ग्र’हित गर्ने योजना अभियानले बनाएको छ । कालीगण्डकी संर’क्षणमाथि लेखिएका कविता, गीत बौ’द्धिक सम्पत्तिका रुपमा भावी पुस्तासम्म बाँचिरहने अभियानकर्मी गिरीले बताउनुभयो । कालीगण्डकी नदीले बेहोरेको सङ्क’टलाई बाहिर ल्याउन र अभियानप्रति जनमत बटुल्न काव्यको सहारा लिनुपरेको जनाइएको छ । यहाँका नदी र पर्यावरणप्रेमी स्वयंसेवी युवाको पहलमा अभियान अगाडि बढिरहेको छ ।

अभियानले बालुवा, गिटी उत्ख’ननका नाममा कालीगण्डकीमाथि चलिरहेको दोह’नको चक्र सबै मिलेर तोड्नुपर्ने बताउँदै आएको छ । यथा’शक्य चाँडो नदीलाई प्राकृतिक लयमा नफर्काउने हो भने कालीगण्डकीको अ’स्तित्व नै नामेट हुने अभिया’नकर्मीको तर्क छ । पारिस्थितिक प्रणालीमै ध’क्का पुग्नेगरी मनपरी किसिमबाट भइरहेको दोह’नले मानव जाति र प्रकृतिमाथि स’ङ्कट निम्ताइरहेको उनीहरु बताउँछन् । गिटी, बालुवाका लागि खानीको विकास गर्नुपर्ने, ‘ड्याम’ बनाएर सङ्कलित नदीजन्य पदार्थलाई प्राधिकरणमार्फत वितरण गर्न सकिने अभियानकर्मी गिरीको भनाइ छ ।

धार्मिक, साँस्कृतिक, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि कालीगण्डकी नदी जोडिएको छ । ठूला उप’करणको सहायतामा भइरहेको उत्ख’ननले नदीलाई प्राकृतिकस्वरुपमा बिघ्न’बाधा सिर्जना गरिरहेको छ । राज्यको उचित र क’ठोर नीति नहुँदाको फाइदा उठाउँदै मन’परी ढङ्गले कालीगण्डकीमाथि दोह’नको च’क्र चलिरहेको छ । दोह’नमा राज्य संय’न्त्रकै संर’क्षण रहेको अभियानकर्मीको आरोप छ ।विश्वमै दु’र्लभ शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकी धर्मप्रेमीका लागि पनि पवित्र’स्थल मानिन्छ । हिमालय क्षेत्रको दामोद’रकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै द’क्षिण बग्ने कालीगण्डकी देशको मध्य भागको प्रमुख नदी प्रणाली हो ।

मुक्तिनाथदेखि देवघाटसम्म कालीगण्डकी तटमा रहेका दर्जनौँ तीर्थस्थलले यसको धार्मिक महत्व एवं साँस्कृ’तिक पाटोलाई दर्शाउँछ । कालीगण्डकी स’भ्यता बोकेको नदी हो ।(रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार