बर्दियामा जंगली जनावरलाई थालेको पा’सोमा परेर एकै परिवारका तीन जनाको मृ’त्यु भएको छ ।
बँदेललाई थापेको विद्यु’तीय पा’सोमा परेर ठाकुरबाबा नगरपालिका-३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय बर्दियाले जनाएको छ ।
प्र’हरीका अनुसार राति खेतमा पानी हेर्न गएका बेला उनीहरू छिमेकीले बँ’देलका लागि धान खेतमा थापेको विद्यु’तीय पा’सोमा परेका हुन् । खेतमा विद्युतीय पासो थाप्ने छिमेकी ८३ वर्षका राजबहादुर शाहीलाई प्र’हरीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्र’हरी कार्यालय भुरिगाउँमा राखिएको छ ।
बर्दिया निकुञ्जबाट निस्कने बंदेलले ठुलो अनुपातमा धानबाली न’ष्ट गर्न थालेपछि लामो समयदेखि बर्दिया र यस आसपासका क्षेत्रमा बंदेलबाट धानबाली जोगाउन वि’द्युतिय धराप थाप्ने गरिन्छ । यस अघि पनि वि’द्युतिय धरापमा परि दुईवटा जंगली हात्ती र एक जना युवाको ज्या’न गएको थियो ।