फलेवास लमाए खोलाको मोटरे’बल पुल चार वर्षदेखि अल’पत्र

फलेवास लमाए खोलाको मोटरे’बल पुल चार वर्षदेखि अल’पत्र


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३१ भाद्र २०७८
  • 2.9K
    Shares

निर्माणा’धीन राष्ट्रिय गौर’वको आयोजना कालीगण्डकी लोक’मार्गमा पर्ने मोट’रेबल पुल विगत चार वर्षदेखि अल’पत्र रहेको छ। फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घाबीचमा रहेको लमाए खो’लाको पुल निर्माण व्यवसायीको लापर’बाही र गलत डिजा’इनका कार’ण अल’पत्र परेको हो।

स्याङ्जाको मिर्मीदेखि पर्वतको मोदीबेनीसम्म सडकको ट्रया’क खुले पनि लमाए खोलामा पुल नबन्दा करि’डोर ख’ण्ड अधुरै छ। प्रावि’धिकको गलत डिजा’इनका का’रण निर्मा’णाधीन मोटरेबल पुल अल’पत्र परेको हो।

पच्चीस मिटर लम्बाइको उक्त पुल रु पाँच करोड ६४ लाखमा नयाँ बाटो गौचन जेभीले जिम्मा लिएको थियो। ठेके’दार कम्पनीले पुल बनाउन पेटी ठेके’दारलाई जिम्मा दिएको थियो।

कालीगण्डकी करि’डोर आयोजनाका इञ्जिनियरले सुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुङ्गामाथिबाट बनाइने जानकारी दिइएको थियो। डिजा’इनकै क्रममा स्थानीयवासीले विरो’ध गरे पनि इञ्जिनियरले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठे’क्का खुलाएका थिए। विसं २०७४ को अन्त्य’तिर गरिएको प्रतिस्प’र्धामा छानिएको नयाँ बाटो गौचन जेभीले तीन वर्षभित्रै पुल सम्पन्न गर्ने जानकारी दिएको थियो।

यता कालीगण्डकी लोकमार्ग आयोजना प्रमुख सुबोधकुमार देवकोटाले यो पुलको नयाँ डिजाइन गरेर पुन’र्निर्माण कार्य सुरु गर्ने तयारी भइरहेको बताए। केही महिनाभित्रै पुलको पुन’र्निर्माणको काम सुरु हुने उनको भनाइ छ। समयमै नसक्ने नि’श्चित भएपछि पेटी ठेकेदा’रलाई जिम्मा लगाएर मूल ठेके’दार सम्प’र्कविहीन भएका थिए। त्यसपछि पुलको काम अगाडि बढेको छैन । दुई वटा खोलाको दो’भानमा निर्मा’णाधीन पुलको जग वर्से’नि खोलाको बहा’वले क’टान गर्दै आएको छ।

पुल निर्माण गर्न थालिएको जमिन पनि पहि’राले क’टान हुँदै आएको स्थानीय गङ्गाराज शर्माले बताए। शर्माका अनुसार स्थानीयले चिर्दिखोला र लमाए खोलासमेत समेट्ने गरी अहिले भएको स्थानभन्दा ५० मिटर परबाट पुल बनाउन भनेका थिए। संघीय सांसद पदम गिरीले २०७५ कात्तिकमा ताकेता गरेपछि ठेके’दार शिव गौचनले समयमा काम सक्न केही प्राविधिक समस्या भएको बताएका थिए। व्यवसायी गौचनका अनुसार काम सुरु गरेलगत्तै पाल्पास्थित आयोजना कार्यालयले काम रोक्न आदेश दिएको थियो। उनका अनुसार दुवैतर्फ चट्टा’नमा पुल बनाउँदा टिकाउ नहुने भन्दै पुनः डिजा’इन गर्ने भनेको कार्यालयले पछि पुरानै डिजा’इनमा काम गर्न भनेपछि अ’न्योल थपिएको हो।

विसं ०७५ मङ्सिरमा काम सुरु गरेका व्यवसायीले २०७६ जेठमा पुल निर्माण सकेर आयोजना हस्तान्तरण गर्ने तयारी थियो। दुवैतर्फका पिलर उठाएर स्ल्याब ढलान गर्ने समयमा पुनः आयोजना कार्यालयले पुलको नि’र्माण रोक्न भनेको थियो। त्यही बेलादेखि अल’पत्र छाडिएको रड, सिमेन्टलगायत लाखौँ मूल्यका सामग्री अझै निर्माण’स्थलमा अल’पत्र छन्।

योसँगै सुरु भएको मोदीखोलाको पुल गत वर्ष नै सम्पन्न भएर गाडी गुड्न सुरु भएको छ। पुल नबनेपछि स्थानीय र सरोकारवाला निकै आक्रो’शित छन्। कालीगण्डकी करि’डोरअन्तर्गत रानीपानीदेखि फलेवासको पाङराङसम्म कालो’पत्रका लागि तयारी भइरहेको छ। पाङराङदेखि मोदीबेनीसम्म ट्रया’कमात्रै खोलिएको छ।

मोदी बेनीदेखि अर्मादीसम्मको ख’ण्ड अझै खुलेको छैन । गत वर्ष भि’रबाट डोजर ख’सेपछि ट्रयाक खोल्ने काम बीचमै रोकिएको हो। कालीगण्डकी करि’डोरको मोदीबेनी–अर्मादी खण्ड खुलाउन सके ५५ किलोमिटर खण्ड पूरा हुने आयोजनाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार