पाचथरको हेंवाखोलाले बगाएर आठ दिनदेखि बेप’त्ता बालिकाको श’व फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाचथरका अनुसार यही भदौ २१ गते फिदिम नगरपालिका–४ हेंवा’खोलामा नुहाउने क्रममा खोलाले बगाएर बेप’त्ता भएकी हिलिहाङ गाउँपालिका–७ सल्लेरीका गजेन्द्र योङ्याकी चार वर्षीया छोरी आँचलको श’व मङ्गलबार फेला परेको हो ।
बालिका वेप’त्ता भएको स्थानबाट करिब १०० मिटर तल पुलको मुनि चेपमा बालिकको श’व रहेको स्थानीयवासीले खबर गरेपछि प्रहरी टोली पुगेको थियो । श’व फेला परेपछि कानुनी प्रक्रिया पूरा गरी श’व परीक्ष’णका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।