बागलुङ का’लिका मन्दिर छ महिना पछि खुल्यो ,सि’नेमा हल पनि खुल्ला

बागलुङ का’लिका मन्दिर छ महिना पछि खुल्यो ,सि’नेमा हल पनि खुल्ला


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २८ भाद्र २०७८
  • 5.8K
    Shares

बागलुङमा को’रोना सङ्क्र’मण दर घटेपछि ब’न्द गरिएका विद्यालय, मन्दिर, सि’नेमा हल तथा पा’र्टी प्यालेस स्वा’स्थ्य माप’दण्ड अपनाएर खुलाइने भएको छ ।को’रोना महा’मारी निय’न्त्रणका लागि भन्दै प्रशासनले लगाएको निशे’धाज्ञा थप खुकुलो पार्दै मठ मन्दिर खुला गर्ने र पार्टी प्यालेसहरु पनि निश्चीत माप’दण्ड लागु गरेर सञ्चालन गर्न दिने भएको हो ।

आइतबार बसेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि ऐतिहासिक पवित्र धार्मिक’स्थल बागलुङ कालिका मन्दिरसहित जिल्लाका अन्य धा’र्मिक तथा पर्यटकी’यस्थल पनि खुला गर्ने निर्णय गरेको थियो ।

स्वा’स्थ्य कार्यालयका को’रोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले यसअघि बन्द गरिएको पार्टी प्यालेस, सिनेमा हल, ब्युटीपार्लर तथा जिम हल लगायतका क्षेत्र स्वा’स्थ्य माप’दण्ड पु¥याएर खुल्न दिने र शैक्षिक संस्था पालिकाको समन्वयमा खुलाउन सकिने निर्णय भएको जानकारी दिनुभयो । पार्टी प्यालेस, सिनेमामा भने न्यून सङ्ख्या सहभागी हुन आग्रह गरिएको छ । यस्तै पालिकाको शिक्षा शाखाको समन्वयमा न्यून सङ्क्र’मण भएको पालिकाले जिल्ला प्रशासनको अनुमतिमा विद्यालय खुलाउन सकिने छ । यसका लागि न्यूनतम स्वा’स्थ्य माप’दण्ड भने अनिवार्य गरिएको प्रजिअ कार्कीले जानकारी दिनुभयो ।

स्वा’स्थ्य माप’दण्ड अपनाएर प्रशा’सनको निर्देशन अनुसार कालिका मन्दिर छ महिना पछि खुला हुने भएको हो । जिल्लामा धार्मिक पर्यटक भित्र्याउन म’न्दिरले टेवा पु¥याउँदै आएका थियो । मन्दिरमा सामाजिक दूरी कायम गरी दर्शना’र्थीलाई प्रवेशको व्यवस्था मिलाइने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार