कास्कीको पोखरामा जुवा खेलिरहेको अवस्थामा प्र’हरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका ९ पृथ्वीचोक स्थित स्याङ्जा बुटवल खाजा घर भित्र हार जितको बाजी लगाएर जु’वा तास खेलिरहेको अवस्थामा ६ जना प’क्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
डिएसपी हमालका अनुसार प’क्राउ पर्नेहरूमा मोरङ ७ घर भई पोखरा ९ नागढुंगा बस्ने ४३ वर्षीय तिलक बिक , पर्वत मोदी गाउँपालिका 3 का ५४ वर्षीय याम बहादुर लामिछाने , स्याङ्जा बिरुवा ३ का ४६ वर्षीय चुन बहादुर थापा तथा २६ वर्षीय विनोद बिक, पर्वत भोर्ले ४ घर भई पोखरा ९ नयाँबजार बस्ने ४८ वर्षीय जित बहादुर गुरुङ र पोखरा ६ लेकसाइड जरेबर बस्ने वसन्त श्रेष्ठ रहेका छन् । प्र’हरीले उनीहरुको साथबाट दुई लाख ८६ हजार ७२० रुपैयाँ नगद, म्याट्रेस र १५९ पत्ती तास बरा’मद गरेको छ ।