कक्षा १२ काे परीक्षा भदाै ३० गतेदेखि हुने

कक्षा १२ काे परीक्षा भदाै ३० गतेदेखि हुने


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ भाद्र २०७८
  • 6.2K
    Shares

कक्षा १२ को परीक्षा यही भदौ ३० गतेबाट सञ्चालन हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले ३० भदौबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बोर्डका परीक्षा प्रवक्ता जंगबहादुर अर्यालले बोर्डले ३० भदौदेखि ८ असोजसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बताए । उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो ।

त्यसोत बोर्डले परीक्षाको रुटिनसमेत प्रकाशित गरेको छ । यसअघि कोरोना महामारीका कारण कक्षा १२ को परीक्षा दुईपटक स्थगित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार