खेतमा पानी लगाउने क्रममा क’रेन्ट लागेर बारामा एकजनाको मृ’त्यु

खेतमा पानी लगाउने क्रममा क’रेन्ट लागेर बारामा एकजनाको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ भाद्र २०७८
  • 4.9K
    Shares

बारामा क’रेन्ट लागेर एकजनाको मृ’त्यु भएको छ। क’रेन्ट लागेर सिम्रौनगढ नगरपालिका–४ गङानगर बस्ने ४८ वर्षका तेजालालप्रसाद यादबको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै धान खेतमा काम गरिरहेका बेला क’रेन्ट लागेर उनको ज्यान गएको हो । खेतमा पानी लगाउनका लागि मोटरमा जोडिएको क’रेन्ट लागेको हो ।

यादवको घटनास्थलमै मृ’त्यु भएको बाराका प्र’हरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन्।

यता सप्तरीमा क’रेन्ट लागेर ९ वर्षीय बालकको मृ’त्यु भएको छ ।

डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० रञ्जितपुरका पवन यादवका ९ वर्षीय छोरा अर्जुन कुमार यादवको क’रेन्ट लागेर मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्र’हरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

मंगलबार साँझ खेल्ने क्रममा आफ्नै गोठमा भुईँमा लत्रिएको बिजुलीको नाङ्गो तारबाट क’रेन्ट लागेर बालक घा’इते भएका थिए । उपचारका लागि कल्याणपुर तर्फ लैजाँदै गर्दा बाटोमै बालकको मृ’त्यु भएको हो । थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार