कांग्रेसले सार्वजनिक गर्यो थप ३ जिल्लाका क्रियाशील सदस्यको सूची

कांग्रेसले सार्वजनिक गर्यो थप ३ जिल्लाका क्रियाशील सदस्यको सूची


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ भाद्र २०७८
  • 3.3K
    Shares

नेपाली कांग्रेसले थप तीन जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ। बागलुङ, सुनसरी र मकवानपुरको क्रियाशील सदस्यताको विवरण कांग्रेसले मंगलबार पार्टीको वेबसाइटमा सार्वजनिक गरेको हो।

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार क्रियाशील सदस्यता सार्वजनिक भएका जिल्लामा निर्वाचन अधिकृत पनि पठाइसकिएको छ। कांग्रेसले भदौ १८ मा देशैभर वडा अधिवेशन गर्ने बताएको छ। विवादित ठाउँ देखियो र भदौ १८ मै अधिवेशन हुन सकेन भने अर्को मिति तोक्ने अधिकार निर्वाचन अधिकृतलाई दिइएको कांग्रेसले जनाएको छ।

कांग्रेसले ७७ मध्ये ५६ जिल्लाको मात्रै क्रियाशीलको विवरण सार्वजनिक गरेको छ। बाँकी जिल्लामा छिट्टै क्रियाशील विवरण सार्वजनिक गरिने कांग्रेसका बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार