मुलुकका विभिन्न जिल्लामा भदौ १० पछि आएको भारी वर्षामा १५ जनाले ज्या’न गुमाएका छन् ।
राष्ट्रिय वि’पद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले भदौ १० पछिको चार दिनमा बाढी’पहिरामा परेर उनीहरुको ज्या’न गएको जानकारी दिनुभयो । उहाँका अनुसार “उक्त अवधिमा तीन जना बेप’त्ता भएका छन् भने १४ जना घा’इते भएका छन् । क्षतिको विवरण सङ्कलनको क्रम भने जारी छ । अव’रुद्ध भएका कतिपय राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।”
प्राधिकरणले दिएको जानकारीअनुसार गएको जेठ ३१ पछि अहिलेसम्म मनसुनजन्य घटनामा परेर १०० जनाले ज्या’न गुमाएका छन् । उक्त अवधिमा ४४ व्यक्ति बेप’त्ता भएका छन् भने १०९ जना घा’इते भएका छन् । मनसुनजन्य विपदमा परेर ३७ सरकारी कार्यालय, १६ सामुदायिक भवन र विद्यालय, २५ जलविद्युत् आयोजना, ३० मोटरेवल पुल र ३० झोलुङ्गे पुलमा क्षति पुगेको छ ।
दर्जनौँ राजमार्गमा क्षति पुगेकाले कतिपय अझै खुल्न सकेको छैन । अहिले पनि खुलाउने प्रयास जारी गरेको गृहमन्त्रालयले जनाएको छ । उक्त अवधिमा छ हजार १८१ जनालाई स्थानान्तरण गरेर सुरक्षित स्थानमा सारिएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । पछिल्लो चार दिनमा मात्रै झण्डै एक हजार व्यक्तिलाई स्थानान्तरण गरिएको छ । झण्डै पाँच हजार घर डुबा’नमा परेकामध्ये १० प्रतिशतमा क्षति भएको अनुमान गरिएको छ । क्षतिको विवरण अझै आइसकेको छैन ।
मन्त्रालयका अनुसार बेप’त्ताको खोजी, आवश्यक राहत तथा उ’द्धार कार्यलाई प्रभावकारीरुपमा अघि बढाइएको छ । यस्तै पुनःस्थापन र पुनःनिर्माणका कार्यक्रमसमेत सँगसँगै लगिएको जनाइएको छ ।