आज पनि केही स्थानमा भारी वर्षा, बिहीबारबाट मौसममा सुधार हुने

आज पनि केही स्थानमा भारी वर्षा, बिहीबारबाट मौसममा सुधार हुने


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १५ भाद्र २०७८
  • 2.4K
    Shares

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव रहेकाले आज देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ।

मंगलबार बिहान देशभर सामान्य बदली रही प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति देशभर सामान्य बदली रही केही वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका एक-दुई भीषण वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार