नेपालमा ‘को’किन’को खपत बढ्दै

नेपालमा ‘को’किन’को खपत बढ्दै


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १५ भाद्र २०७८
  • 4.2K
    Shares

नेपालमा लागू’औषध ‘को’किन’को खपत बढ्न थालेको छ । बोलिभिया, पेरुजस्ता मुलुकमा उत्पादन हुने को’किनको प्रयोग पछिल्लो समय नेपालमा बढ्न थालेको हो ।

विदेशी त’स्करहरूको गि’रोहले ब्राजिलको साउपालो एयरपोर्ट हुँदै भारत र यूएईमार्फत नेपाल ल्याउने गरिएको लागू’औषध को’किन अत्यन्तै महँगोमध्येको लागू पदार्थमा पर्छ ।

यो पदार्थ विगतमा भने नेपाल हुँदै भारत निर्यात हुने गरेको नेपाल प्रहरीको आँकडाले देखाउँछ । तर, पछिल्लो केही समययता भने यो पदार्थको बरामद घटेको तर नेपाली बजारमा नै खपत बढेको प्रहरी अधिकारी बताउँछन् ।

नेपाल प्रहरीको एक तथ्यांकले आर्थिक वर्ष २०७७÷७८ मा को’किनको बरामद ९१ दशमलव ६ प्रतिशतले घटेको देखाएको थियो । तर आइतबार भने प्र’हरीले एकै दिन विदेशी नागरिकहरूको समूहबाट करिब ९ करोड रुपैयाँ मूल्य पर्ने तीन किलो कोकिन बरामद गरेको थियो ।

यसअघि गत साउनमा पनि प्र’हरीले एक किलो १२ ग्राम लागू’औषध को’किनसहित गत १८ साउनमा नौ जनालाई प’क्राउ गरेको थियो । ती सबै नेपाली नागरिक थिए ।

नेपाल प्रहरीको लागू’औषध नियन्त्रण ब्युरोका अनुसार पछिल्लो समय नेपालका ठूला केही होटेल तथा ती होटेलमा हुने पार्टीहरूमा को’किनको प्रयोग हुन थालेको पाइएको छ । यस्तै, केही रेस्टुरेन्टमा समेत कोकिनको प्रयोग हुने गरेको सूचना प्रहरीले पाएको छ भने केही उच्चस्तरका परिवारका भनिएका व्यक्तिहरूले समेत यसको प्रयोग गर्न थालेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

‘पहिले नेपालमा को’किनको खपत थिएन, पछिल्ला दिनमा नेपाली बजारमा नै को’किनको खपत भइरहेको सूचना छ । भयावह अवस्था त होइन तर प्रयोग बढेको देखिएको छ,’ ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्ठले भने ।

यो पदार्थको ओसारपसारमा मुख्य रूपमा प्रहरीले विदेशी नागरिकको संलग्नता रहने गरेको बताउँदै आउने गरेको छ । तर, पछिल्लो समय नेपाली नागरिकसमेत यसको प्रयोग र ओसारपसारमा संलग्न हुने गरेको पाइएको छ । नेपालीहरू भने पैसाको लोभमा यसको ओसारपसारमा लाग्ने गरेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित समाचार