दुई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा भएको छ । यसअघि दुई महिनाको मनसुन अवधिमा पूर्वानुमान गरिए अनुसार सरदरकै आसपासमा व’र्षा भएको थियो ।
मौसमविद्का अनुसार नवलपरासी पूर्व र पश्चिम, रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षामापन केन्द्रमा ठूलो व’र्षा भएको मापन गरिएको छ । मौसम’विद् प्रतिभा मानन्धरका अनुसार अझै केही दिन पा’नी पर्ने सम्भावना छ । उनले दिएको जानकारीअनुसार दुई दिनयता सबै भन्दा धेरै व’र्षा नवलपुरमा भएको छ । त्यहाँको बतासास्थित व’र्षा मापन केन्द्रमा ४३४.२ मिलिमिटर व’र्षा रेकर्ड भएको हो ।
आज र भोलि पनि देशका धेरै ठाउँमा झरी पर्ने मौसमविद्ले बताएका छन् । दुई दिनयता सबैभन्दा धेरै नवलपरासी पूर्व र पश्चिममा पानी परेको छ । देशका विभिन्न १३ वटा वर्षा मापन केन्द्रमा ठूलो व’र्षा भएको रेकर्ड भएको छ ।
मनसुनको न्यूनचापीय रेखा तराईकाे भू–भाग नजिकै रहेकाले झरी रोकिने सम्भावना नभएको मौसमविद् मानन्धरले बताउनुभयो । तराई नजिकै मनसुनी न्यूनचापीय रेखा रहिरहेकाले मनसुनी गतिविधि सक्रिय नै रहेकाले अझै केही दिन पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
तराईको भू–भाग नजिकै रहेको न्यूनचापीय रेखा तल नझरेसम्म मौसम नखुल्ने मौसमविद्ले बताएका छन् । आज प्रदेश-१, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज दिउँसाे ठूलो पानी पर्ने सम्भावना छ । यस्तै, राति प्रदेश-१, वाग्मती, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । लगातार वर्षा भइरहेकाले तराईका जिल्लामा डुबा’नको जोखिम उच्च छ । यस्तै, बा’ढी पहि’रोको ख’तरा पनि रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।