म्याग्दीमा पहिरोले रघुगंगा नदी थुनियो ,तटीय छेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

म्याग्दीमा पहिरोले रघुगंगा नदी थुनियो ,तटीय छेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १० भाद्र २०७८
  • 11.9K
    Shares

म्याग्दीको रघुगंगा गाउँपालिकाको रायखोरमा पहिरो खसेर रघुगंगा नदी थुनिएको छ ।

बुधवार राती गएको पहिरोले नदि थुनिएको हो । रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ र वडा नम्बर ७ चिमखोला गौडामुनि बाट पर्ने रायखोर र मुलपानीको बिचमा रहेको पहिरो खसेर रघुगंगा नदी थुनिएर तलाउ बनेको छ । थुनिएको खोला आज विहानदेखि ओभरफलो भएर बग्न थालेपनि थुनिएर करिब ५० मिटर गहिरो र ५०० मिटर लामो ताल बनेको छ ।

“५ सय मिटर बढी लामो तलाउ बनेको छ । अहिले पहिरो खसेर थुनिएको ठाउँबाट पानी ओभरफलो भएर बग्न थालेको छ । एकैपटक थुनिएको ठाउँबाट तलाउ फुटेमा तटिय क्षेत्रमा रहेका बस्तीमा जोखिम हुने खतरा रहेको स्थानीय प्रदिप मगरले बताउनुभयो” । पहिरो निरन्तर खसीरहेकाले थप जोखिम रहेको उहाँको भनाई छ । धौलागिरि हिमालको फेदी हुँदै बग्ने रघुगंगा कालीगण्डकी नदीको सहायक नदी हो ।

थुनिएको भन्दा तल्लो क्षेत्रमा ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजनाको बाँध निर्माणाधिन अवस्थामा छ भने नदीको तटिय क्षेत्रमा गलेश्वर बजार पर्छ । बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका ३ को तिलकेनीमा रघुगंगा नदी कालीगण्डकीमा मिसिन्छ ।

पहिरो झर्ने क्रम चलिरहेकोले खोला अझै लामो समय थुनीन गइ एक्कासी फुट्न सक्ने भएकोले कालिगण्डकी नदीको तटीय छेत्रमा जोखिम हुन सक्ने हुदा तटीय छेत्रमा बसोबास गर्ने तथा अन्य प्रयोजनका लागि तटीय छेत्रमा जाने आउने सम्पूर्ण नागरिकलाइ उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार