बाग्लुङमा निषे’धाज्ञामा हिँडडुल गर्नेलाई सडकमै को’रोना जाँच

बाग्लुङमा निषे’धाज्ञामा हिँडडुल गर्नेलाई सडकमै को’रोना जाँच


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १० भाद्र २०७८
  • 13.3K
    Shares

बागलुङमा निषे’धाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टि’जिन विधिबाट को’रोना जाँच गर्न थालिएको छ । सोमबारदेखि बागलुङ सदरमुकामका चोकचोकमा एन्टि’जिन जाँच भइरहेको हो ।

बुधबार लोकतान्त्रिक चोकमा ९३ जनामा एन्टिजिनबाट को’रोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए ।

उनका अनुसार बुधबार उपल्लाचौरमा २५ र सोमबार नारायणचोकमा ५० जनाको एन्टि’जिन जाँच गरिएको थियो । त्यसमध्ये नारायणचोकमा गरिएको परीक्षणमा एक जनालाई को’रोना पोजे’टिभ देखिए पनि बाँकी सबैको रिपोर्ट नेगे’टिभ आएको छ । “एन्टि’जिन परीक्ष’णलाई हरेक दिन निरन्तरता दिन्छौँ, बाटैमा जाँच गर्दा निषे’धाज्ञामा बिनाकाम हिँडडुल गर्ने पनि निरुत्साहित हुन्छन्”, खनालले भने ।

यसअघि जिल्ला को’भिड–१९ स’ङ्कट व्यवस्थापन केन्द्रको बैठकले एन्टि’जिन परीक्षणको दायरा बढाउने निर्णय गरेको थियो । को’रोना परी’क्षण गर्न नमान्ने, हिच्किचाउनेलाई पनि सम्झाइबुझाइ गरेर परी’क्षण गर्ने गरिएको छ । एन्टि’जिन विधिबाट परीक्षण गर्दा तुरुन्त रिपोर्ट आउँछ । लक्षण भएका व्यक्तिमा मात्र एन्टि’जिनले पोजे’टिभ नतिजा देखाउने गरेको जनस्वास्थ्य अधिकृत खनालले बताए । को’रोना सङ्क्र’मितको छिटो पहिचान र समुदायमा महा’मारीको स्थिति पत्ता लगाउन एन्टि’जिन विधि उपयुक्त मानिन्छ ।

जिल्लामा हालसम्म तीन हजार ४५५ को एन्टि’जनबाट को’रोना जाँच गरिएको छ भने २२ हजार २८७ को पीसी’आर विधिबाट परी’क्षण गरिएको छ । कूल परीक्षणमध्ये सात हजार ४२१ मा को’रोना पु’ष्टि भएको छ । सक्रिय सङ्क्र’मितको सङ्ख्या भने ३७० मात्र छ । यहाँ को’रोना सङ्क्र’मणका कारण ६५ जनाको ज्या’न गएको छ । सङ्क्र’मणको जोखिम घटाउन गत साउन २८ गतेदेखि यहाँ कडा निषे’धाज्ञा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार