देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा, कस्तो छ आजको मौसम ?

देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा, कस्तो छ आजको मौसम ?


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ५ भाद्र २०७८
  • 4.8K
    Shares

नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । मनसुनी वायुका कारण पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिउँसोपछि प्रदेश एक, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना छ ।

ति देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश- १ र बागमती प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार