पहिरोले गोरखामा १६ वटा खच्चड पुरिए

पहिरोले गोरखामा १६ वटा खच्चड पुरिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ भाद्र २०७८
  • 5.4K
    Shares

खच्चड

गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ६ लोक्पा नजिक डुँयुखोलामा पहिराले मंगलवार १० वटा खच्चड पुरिदिएको छ ।

सामान लिन स्थानीय राजु र आन्दी गुरुङले १६ वटा खच्चड लिएर माछाखोला तर्फ जाने क्रममा अचानक माथीबाट आएको पहिराले १० खच्चड पुरिएको वडा नं ६ का सदस्य चित्र बहादुर गुरुङले जानकारी दिए ।

खच्चड लिएर जाने राजु र आङदी गुरुङ भाग्न सफल भएको र अन्य ६ वटा खच्चड पनि जंगल तर्फ भागेका थिए । क्षतिका विस्तृत विवरण पत्ता लगाउन छेकम्पार प्रहरी चौकीबाट प्रहरी र जनप्रतिनिधि त्यस तर्फ स्थलगत अनुगमनमा गएका छन ।

चुमनुब्रीगाउँपालिका६ स्थित डुयु खोलामापाँच सय मिटर माथिबाट ढुङ्गा सहितको पहिरो खस्दा खच्चड पुरिएको घटना स्थलपुगेको सिर्दिबास प्रहरीलाई उदृत गर्दै जिल्लाप्रहरी कार्यालय गोरखाले जनाएको छ। सिर्दिबास चौकीबाट बुधवार प्रहरी पहिरो गएको ठाउँ पुगेर त्यहाँको अवस्थाअध्ययन गरेर फर्किएको हो।

छेकम्पार सामग्री पुर्‍याएर सिर्दिबास तर्फ ल्याउने क्रममा खच्चड पुरिएको हो। एउटा खच्चडको मूल्य एक लाख देखि माथि सम्म पर्छ। गत साउन २० गते डुयु खोलामा रहेको झोलुङ्गे पुलपनिपहिरोले बगाएको थियो। त्यसयता काठको फड्को बनाएर स्थानीयआउजाउगर्ने, खच्चड ल्याउन लैजाने गरेका थिए। अहिले पहिरोले फड्के पनिबगाएको स्थानीयले बताएका छन्।

पहिरोका कारण छेकम्पार आउजाउगर्न स्थानीयलाई समस्याभएको स्थानीयनिमालामाले बताए। उत्तरी गोरखाको चुमनुब्रीगाउँपालिकामा ढुवानीको मूख्यमाध्याम खच्चड हो। खच्चड हिड्ने बाटो नभएपछि त्यहाँखाद्यान्नहाहाकारको अवस्थाआउने खतरा सँगै दैनिकगुजारा चलाउन समेत स्थानीयलाई समस्याहुने उनले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार