अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बा’ढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगा’एको स्थानीय भीमसेन थापाले जानकारी दिनुभयो ।
उहाँले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगा’एको जानकारी दिनुभयो । थप घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ । यी घर यसअघिको बा’ढीले जोखिममा रहेका र सामान तथा मानिस अन्यत्र सरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । गत साउन १६ पछिको बाढीले अहिलेसम्म १११ घरटहरा बगाइसकेको छ ।
गत असार १, साउन १६ पछिका निरन्तर बा’ढीले पाँच जनाको अकालमा मृ’त्यु भएको छ भने छ घा’इते र २० बेपत्ता छन् । मेलम्ची नदी तटीय क्षेत्रका सयौँ घर, खेत, पुल तथा सडक जोखिममा छन् ।