बाबुको ४९ औं दिनको पुण्यतिथिमा समाजसेवी थापामगरद्वारा वृद्धाश्रममा खाद्यान्न र फलफूल सहयोग

बाबुको ४९ औं दिनको पुण्यतिथिमा समाजसेवी थापामगरद्वारा वृद्धाश्रममा खाद्यान्न र फलफूल सहयोग


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ भाद्र २०७८
  • 6.8K
    Shares

बाबुको ४९ औं दिनको पुण्यतिथिमा समाजसेवी थापामगरद्वारा वृद्धाश्रममा खाद्यान्न र फलफूल सहयोग

आफ्ना बाबु स्व. रामकृष्ण रानाको ४९ औं दिनको पुण्यतिथिमा समाजसेवी देउकुमारी थापा मगरले पोखरा वृद्धाश्रममा रहेका बृद्ध-वृद्धालाई खाद्यान्न र फलफूल सहयोग गरेकी छिन।

नेपाल मगर संघ, कास्कीकी जिल्ला सचिवालय सदस्य समेत रहेकी समाजसेवी थापाले छोरी मेनुका थापामगरसहित मंगलबार पोखरा–१७, महतगौंडास्थित  वृद्धाश्रममा पुगेर बृद्ध-वृद्धाका लागि खाद्यान्न र फलफूल तथा स्वास्थ्य सामग्री सहयोग गरेकी हुन् ।

उनले वृद्धाश्रमका कर्मचारी दीपक कुँवरलाई वृद्धाश्रममा रहेका ५५ जना ज्येष्ठ नागरिकका लागि चामल, नुन, तेल, चिनी, अण्डा, फ्रुटीलगायतका खाद्यान्न, फलफूल र सेनिटाइजर, मास्कलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको पोखर वृद्धाश्रमले जनाएको छ।

बाबुको ४९ औं दिनको पुण्यतिथिमा समाजसेवी थापामगरद्वारा वृद्धाश्रममा खाद्यान्न र फलफूल सहयोग

कोरोना महामारीका कारण वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई भेला गरी कार्यक्रम गर्न नपाएपनि आफ्नो बाबुको पुण्यतिथिमा वृद्धाश्रममा सहयोग गर्न पाउँदा आफूलाई सन्तोष मिलेको थापाले बताइन्  । वृद्धाश्रमका कुँवरले महामारीका बेला पनि वृद्धाश्रमसम्म आएर सहयोग गरेकामा थापाप्रति आभार प्रकट गरेका थिए ।

कास्कीको माछापुच्छ«े गाउँपालिका–३, घलेखर्क, कास्कीनिवासी स्व. रामकृष्ण रानाको ९१ वर्षको उमेरमा असार १६ गते निधन भएको थियो  ।

प्रतिक्रिया
सम्बन्धित समाचार