जैमिनीमा भदाै ५ गतेसम्म निषेधाज्ञा थप

जैमिनीमा भदाै ५ गतेसम्म निषेधाज्ञा थप


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १ भाद्र २०७८
  • 5K
    Shares

कोरोना संक्रमण रोकथामका लागि जैमिनी नगरपालिकाले लगाइएको निषेधाज्ञा भदाै ५ गतेसम्मका लागि लम्ब्याइएको छ ।
सोमबार बसेको सरोकारवालाहरुको बैठकले निषेधाज्ञा भदाै ५ गतेसम्म लम्ब्याउने निर्णय गरिएको जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले बताएका छन् ।

निषेधाज्ञामा पहिलेकै निषेध प्रावधानहरुलाई निरन्तरता दिइएको छ । नगरमा सभा, समारोह गर्न अझै रोक लगाइएको छ । शैक्षिक संस्थाहरु अझै बन्द रहने भएका छन् । अत्यावश्यकका पसलहरु पनि बिहान ७ देखि १० र साँझ ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइने छ ।

जिल्ला प्रशासन कार्यलय बागलुङले पनि जिल्लामा भदाै ५ गतेसम्मका लागि कडा निषेधाज्ञा कायम गरिसकेकाे छ । नगरपालिकामा कोभिड-१९ संक्रमण दर नघटेकाले निषेधाज्ञा थपिएको नगर प्रमुख ईन्द्रराज पौडेलले बताएका छन् । निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्न र गराउन नगरपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार