बागलुङमा काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु

बागलुङमा काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १ भाद्र २०७८
  • 3.7K
    Shares

बागलुङमा काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ । बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौर बस्ने  ७० वर्षीया कोरोना संक्रमित महिलाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हाे ।

आइतबार कोरोना संक्रमण देखिएकी उनलाई स्वास्थ्यमा समस्या भएपछि पोखरा लगिएको थियो तर अस्पतालहरुले भर्ना लिन नमानेपछि बागलुङ फर्काउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । कोभिड र निमोनियाले ग्रस्त ती महिलालाई शंकास्पद लक्षणहरु देखिएपछि जाँच गरिएको थियो ।

बाग्लुङको अमलाचौरमा कोरोना फैलिएका कारण गाउँभरी मिल्दा जुल्दा लक्षण भएका बिरामी छन् । जाँच भएकामध्ये अधिकांशमा संक्रमण देखिने गरेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयाे । त्यस्तै साेमबार बागलुङमा ९० जनामा काेराेना संक्रमणा पुष्टि भएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार