पाल्पामा विङ्गर गाडी दुर्घ’टना हुँदा ११ घा’इते, दुई जना गम्भीर

पाल्पामा विङ्गर गाडी दुर्घ’टना हुँदा ११ घा’इते, दुई जना गम्भीर


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३२ साउन २०७८
  • 3.5K
    Shares

काठमाडौंबाट पाल्पा जाँदै गरेको विङ्गर गाडी दुर्घ’टना हुँदा ११ जना घा’इते भएका छन्। सोमबार पौने १० बजे तानसेन नगरपालिका वडा नम्बर ७ सालघारीस्थित प्रभास सराई भित्री सडकखण्डबाट खसेर दुर्घ’टना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।

लु १ ब २९९२ नम्बरको गाडी सडकबाट १५ मिटर तल खस्दा ११ जना घा’इते भएको उनले बताए। सो गाडी काठमाडौंबाट तानसेन नगरपालिका वडा नम्बर ७ कुन्छरे जाँदै थियो ।

घाइतेहरू सबैलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ । तानसेन नगरपालिका वडा नम्बर ७ कुन्छो बस्ने २९ वर्षीय नरबहादुर कुमाल र २८ वर्षीय विक्रम गैरे गम्भीर घाइ’ते छन्। ४३ वर्षीय प्रेमबहादुर बकवाल र ३२ वर्षीय हुमबहादुर सारुको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक त्वातीले बताए।

३३ वर्षीय विक्रम नेपाली, २१ वर्षीय अर्जुन पल्लि, ३० वर्षीय सोमबहादुर न्यौपाने, २८ वर्षीय योगेश साफ, ३३ वर्षीय पवनकुमार गाहा, ३५ वर्षीय सन्तोष गैरे र ३३ वर्षीय चालक सोम राना सामान्य छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार