वैदेशिक रोजगारीबाट फर्किएका यात्रुसँग बढी भाडा लिएको आ’रोपमा टिकट बुकिङ्ग काउन्टरका एक कर्मचारीलाई प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट प’क्राउ गरेको छ ।
प्रहरीले काठमाडौंको गोंगबुको नयाँ बसपार्कस्थित बागलुङ भगवती काउण्टरका कर्मचारी स्याङ्जा चापाकोट–७ घर भई काठमाडौंको मित्रनगर बस्ने ३० वर्षीय मिलन सारुलाई प्रहरीले यात्रुसँग बढी भाडा लिएको आ’रोपमा प’क्राउ गरेको हो।
को’रोना म’हामारीका बेला यात्रीबाट बढी भाडा असुलेको हुन सक्ने आशंकामा अनुगमनमा निस्किएको सादा पोशाकको प्रहरी टोलीले उनलाई यात्रीबाट बढी भाडा असु’लिरहेको अवस्थामा प’क्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले जानकारी दिए । उनले काठमाडौंबाट बागलुङसम्मको नियमित भाडा नौ सय रुपैयाँ भएपनि यात्रुसँग तीन हजारदेखि चार हजार रुपैयाँसम्म लिएको पाइएको बताइएको छ। पक्राउ परेका सारुलाई आवश्यक का’रवाहीका लागि महानगरीय प्रहरी प्रभाग बसपार्कमा बुझाएको प्राप्त समाचारमा जनाइएको छ ।