विवेकशील साझा पार्टीको पोखरा महानगरपालिका वडा नम्बर ९ मा वडा समिति घो’षणा गरेको छ ।
जुममार्फत् भर्चुअल भेलाको आयोजना गरी मङ्गलबार वडा समितिको घो’षणा गरिएको हो। समितिको संयोजकमा निवृत्त उपप्राध्यापक तथा समाजिक अभियन्ता सूर्यभक्त सिग्देललाई चयन गरिएको छ । पार्टीको इतिहासमा भर्चुअल भेलामार्फत् गठन भएको यो पहिलो भौगोलिक समिति हो ।
२१ सदस्यीय सो समितिमा डिलकुमारी गुरुङ, गंगादेवी पौडेल, पूर्णबहादुर भुजेल, हरिबहादुर भुजेल, शोभा अधिकारी, सिता नेपाली, सानुमान जलारी, कृष्ण सिग्देल, महेशकुमार सिग्देल, इन्द्रबहादुर खवास, तुलसिराम सुवेदी, गंगा सुवेदी, शिवराज सिग्देल, देवि सिग्देल, शान्ती जलारी, किर्तिबहादुर जलारी, मिनबहादुर केसी, लिलामणि सिग्देल, कृष्णप्रसाद पोखरेल र शारदा सिग्देल सदस्य रहेका छन् ।
विवेकशील साझा पार्टीका सचिवालय सदस्य तथा सङ्गगठन विभाग प्रमुख निर्देश सिलवालको प्रमुख आतिथ्यतामा आयोजित उक्त भर्चुअल भेलाको संयोजन विवेकशील साझा पार्टी पोखरा महानगरका संयोजक अजय श्रेष्ठको गरेका थिए।
त्यस अवसरमा पार्टीका पोखरा महानगर संयोजक अजय श्रेष्ठले कोभिडको बन्दाबन्दीमा भर्चुअल भेलाको आयोजना गरी अन्य वडामा पनि समिति बिस्तार कार्यलाई निरन्तरता दिने जानकारी दिए ।