जनकपुरमा बोरामा भेटियो, बेवारिशे शब

जनकपुरमा बोरामा भेटियो, बेवारिशे शब


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २१ बैशाख २०७८
  • 4.2K
    Shares

बोरामा भेटियो, बेवारिशे शब

जनकपुरमा बोरामा राखेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित बिन्धीको सडक छेउमै रहेको आँप बगैँचामा मंगलबार बोरामा फालिएको बेवारिसे शव फेला परेको हो ।
अन्दाजी ५५ वर्षीय पुरुषको शव सो शवको पहिचान खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ ।

सिक्स लेन सडकदेखि करिब २ सय मिटरको दुरीमा रहेको आँप बगैँचामा डोरीले बाँधेको अवस्थामा बोरा भित्र शव भेटिएको प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए । गएराति नै कसैले शव फालेको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको जनाएको छ । फाइल तस्बीर 

प्रतिक्रिया
सम्बन्धित समाचार