बाजुरामा बालिकामाथि पेट्रोल छर्केर आगो लगाई घाइते बनाएर एक युवक भागेको घटना बाहिर आएको छ।
जिल्लाको त्रिवेणी नगरपालिका–९ मलालगाउँमा बिहे हेर्ने गएका बेला त्रिवेणी नगरपालिका–८ पन्तालीकी १४ वर्षीया सभ्यता बुढाको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
जलेर घाइते बालिकालाई उपचारका लागि जिल्ला सदरमुकाम मार्तडी ल्याइएको प्रहरीले जनाएको छ। बालिकाको अवस्था सामान्य रहेको पनि प्रहरीले जानकारी दिएको छ।
ती बालिकालाई आगो लगाउने सोही नगरपालिका–८ कालापानीका सुमन गिरी हाल फरार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक मदनजीत महराले जानकारी दिए । फरार रहेका गिरीको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक महराले बताए।