होस्टलमा छात्राको मृत्यु भएपछी विद्यालयद्वारा १० लाख रुपियाँ क्षतिपूर्ति दिन सहमत

होस्टलमा छात्राको मृत्यु भएपछी विद्यालयद्वारा १० लाख रुपियाँ क्षतिपूर्ति दिन सहमत


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १३ बैशाख २०७८
  • 15.1K
    Shares

प्रतिभा सापकोटा

बिद्यालयको होस्टलमा बसेर अध्ययन गरिरहेकी एक छात्राको निधन भएपछी रुपन्देहीको तिलोत्तमा–१ नयाँ मिलमा रहेको प्यारामन्ट बोर्डिङ हाई स्कूलले छात्राको परिवारलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिने भएको छ ।

गुल्मीको चन्द्रकोट गाउँपालिका–८ साबिक तुराङ्ग गाबिसको धुर्मु घर भै प्यारामन्ट बोर्डिङ हाई स्कूलको कक्षा १० मा अध्ययनरत १५ वर्षीया प्रतिभा सापकोटाको गत शनिबार  मृत्यु भएको थियो।

परीक्षाको तयारी गर्न होस्टलमा बसेकी प्रतिभाले गत शनिबार छाती दुखेको बताएपछि उपचारका लागि दाजुलाई बोलाएर पठाइएकोमा मणिग्रामको क्रिमशन अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको बिद्यालय प्रशासनले दाबी गरिरहेको थियो। तर बालिकाका आफ़नतले विद्यालयको लापरबाहीका कारण सापकोटाको निधन भएको आरोप लगाएका थिए।

सापकोटाका ठूलो बुवा दधिराम सापकोटाले आइतबार राति १२ बजेसम्म भएको छलफलमा विद्यालयले लापरबाही स्विकार गर्दै १० लाख तिर्न र विद्यालय हाताभित्र उनको शालिक स्थापना गर्न सहमत भएको जानकारी दिए । सो रकमबाट मृतक प्रतिभाको गाउँ गुल्मी तुराङ्गस्थित विद्यालयको शैक्षिक विकासका लागि अक्षयकोष स्थापना गरिने उनको परिवारले जानकारी दिएका छ ।

दधिराम सापकोटाका अनुसार एसईई परीक्षाको तयारीका लागि भन्दै प्रतिभासहित ६ जना छात्राहरुलाई दुई महिनाअघिदेखि होस्टलमा राखिएको थियो । प्रतिभाको मृत्यु भए लगतै प्रिन्सिपल दामोदर भुसाललाई भगाइएको थियो । राति बोर्डिङका अध्यक्ष पूर्णबहादुर सापकोटासहितको टोली छलफलमा बसेर गल्ती स्वीकार गरेको सापकोटाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार