मादी नदीमा पौडी खेल्ने क्रममा युवा बेपत्ता

मादी नदीमा पौडी खेल्ने क्रममा युवा बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ११ बैशाख २०७८
  • 5.5K
    Shares

नदीमा बेपत्ता

तनहुँको मादी नदीमा आज  पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन् । ट्याक्टरमा ढुङ्गा लोड गर्न गएका युवक मादी नदीमा बेपत्ता भएका हुन्।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले दिएको जानकारी अनुसार ,स्याङ्जा भइ घर हाल तनहुँ जिल्ला ब्यास नगरपालिका ५ मोचाबारी डेरा गरी बस्ने १८ वर्षीय रमेश बि‍.क. नदीमा पौडी खेल्ने क्रममा दिउसो साढे १२ बजेदेखि बेपत्ता भएका हुन् ।

प्रहरी टोलीले उनको खोजी कार्य र घटनाको अनुसन्धान जारी राखेको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार