म्याग्दीकोअन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारी कार्यालय बन्द गरेर भ्रमणमा निस्किए

म्याग्दीकोअन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारी कार्यालय बन्द गरेर भ्रमणमा निस्किए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ११ बैशाख २०७८
  • 5K
    Shares

janasanchar ,म्याग्दीको अन्नपुर्ण गाउपालिकाको भ्रमण टोली

म्याग्दी जिल्लाकोअन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरु कार्यालयको प्रशासनिक र आर्थिक कामलाई बन्द गरेर भ्रमणमा निस्किएका छन् ।

स्थानीय तहको असल अभ्यासको अनुभव आदानप्रदान गर्न भन्दै अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरु कार्यालयको प्रशासनिक र आर्थिक कामलाई बन्द गरेर छिमेकी जिल्ला मुस्ताङ्ग भ्रमणमा निस्किएका हुन्।  गत चैत २८ गतेको कार्यपालिका बैठकले स्थानीय तहको असल अभ्यासको अनुभव आदानप्रदान गर्न दश लाख रुपियाँ बिनियोजन गरेको थियो। सोही बजेट सक्ने बहानामा उनीहरु मुक्तिनाथ तिर्थयात्रा र कोरला नाकाको भ्रमणमा निस्किएको बताइएको छ ।

यसैबीच प्राप्त जानकारी अनुसार, चौतर्फी विरोधपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भ्रमण टोली बिहीबार बिच बाटोबाटै फर्किएको छ भने खर्च समेत ब्यक्तिगत गर्ने घोषणा गरेका छन् ।

बुधबार कार्यालयमा अति आवश्यक पर्ने प्रमुख प्रशासकीय अधिकृत सहितको टोलीले उपल्लो मुस्ताङ स्थित कोरला नाकासम्म पुगेर बैशाख ११ गते फर्कने कार्यक्रम बनाएका थिए ।

उपाध्यक्ष केशमाया मगर, ६ वटा वडाका अध्यक्ष सहित कार्यपालिकाका १२ जना सदस्य सहभागि भ्रमण टोलीमा प्रशासकीय अधिकृत पौडेलसँगै करिब दुई हप्ता अघि मात्रै मुस्ताङ घुमेर फर्कनुभएका लेखा अधिकृत जय सुबेदी, शिक्षा शाखाका भरत पुन र अन्य दुई जना कर्मचारी पनि सहभागी छन् ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, वडा नम्बर ३ दानाका अध्यक्ष नरसिंह पुर्जा र वडा नम्बर ४ का अध्यक्ष चन्द्रप्रकाश फगामी भने भ्रमणमा सहभागी छैनन् ।

महिनौ अघि काम सकेका उपभोक्ता समिति र निर्माण ब्यवसायीलाई भुक्तानी गर्न नसकेको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको मुस्ताङ यात्रालाई बजेट सक्ने भ्रमण वडास्तरमै आलोचना भएको छ । गत फागुनमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नबिन सुबेदी सरुवा भएर गएपछि डेढ महिनासम्म प्रशासनिक नेतृत्व बिहिन बनेको थियो ।

गत चैत २० गते मुख्यमन्त्रीको कार्यालय पोखराबाट सुरुण शर्मा पौडेल अन्नपूर्णमा प्रशासकीय अधिकृतको रुपमा हाजिर हुन आएका थिए ।

पौडेलले कार्यालयमा बसेर नियमित काम गर्न नसक्दा गाउँपालिकाका पदाधीकारी, जनप्रतिनिधि देखि राजनीतिकर्मी र सरोकारवालाहरुले उनको कार्यशैलीप्रति टिप्पणीसँगै बिरोध गर्न थालेका छन् । राजनीतिक पहुँच देखाउँदै आउने प्रशासकीय अधिकृतले जनप्रतिनिधिको भावना अनुसार काम गर्न आनकानी गरेको बताएका छन् ।

यता प्रमुख प्रशासकीय शर्माले वार्षिक कार्यक्रम र स्विकृत बजेट अनुसार कार्यापालिकाको बैठकले निर्णय गरेर मुस्ताङका सबै स्थानीय तहमा अन्तरक्रिया गर्न आएको बताए ।उनले आएपछि पनि आएका उपभोक्ता समिति, निर्माण ब्यवसायी र आपुर्तिकर्तालाई भुक्तानी गरेका गरेको दावी गरेका छन् ।

गाउँपालिकाका अधिकांस उपभोक्ता समितिका पदाधीकारीले दुई महिनाअघिनै काम सकेपनि कहिले प्रशासकीय अधिकृत नहुने र आएपछि पनि बैठक, गोष्ठि, तालिमको बाहनामा कार्यालयमा नबसेकाले भुक्तानी नपाउँदा निर्माण सामग्री बिक्रेता र मजदुरलाई ज्याला दिन नसकेको गुनासो गर्ने गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले प्रशासकीय र लेखा अधिकृतलाई कामको चाप भएको बेला भ्रमणमा नजान अनुरोध गरेको बताए । वडा अध्यक्षहरुले भने कार्यवाहकलाई जिम्मा दिएर आएकाले वडाको नियमित काममा असर नपर्ने प्रतिक्रिया दिदै उपभोक्ता समितिहरुलाई सम्बन्धित वडाका अध्यक्षहरुले ब्यवस्थापन गरेको बताएका छन् ।

अन्नपूर्ण गाउँपालिकामा पछिल्लो समय कर्मचारीहरुको अराजकता र लापरबाही बढेको गुनासो बढेको छ । बिदा हुनुभन्दा एक दिन अघिनै कार्यालयबाट निस्कने केही कर्मचारीहरु बिदा सकिएको भोलीपल्ट दिउँसो दुई बजेतिर कार्यालयमा हाजिर हुने गरेको स्रोतले बताएको छ । यसैगरी एकै जना कर्मचारीले एकै महिनामा २४ दिनसम्मको भ्रमण भत्ता खाएको महालेखा परिक्षकको टोलीले औल्याएको छ ।

विभिन्न बाहनामा स्थानीय तहलाई बजेट मागेर, बिल भुक्तानी गर्न दवाव दिने र लगाएर लाचार बन्दै गएको जिल्ला प्रशासन कार्यालय, म्याग्दी पालिकाका कर्मचारीहरुको बेतिथि नियन्त्रणमा निरिह र मुखदर्शक भएर बसेको टिप्पणी हुन थालेको छ । मुस्ताङका स्थानीय तहमा भ्रमण तथा अवलोकन गर्ने बाहना भएपनि टोली सिधै कोरला नाकामा जाने तयारीमा रहेको टोलीका एक सदस्यले बताए ।

विकास खर्च जम्मा १५ प्रतिशत
चालु आर्थिक वर्ष २०७७÷७८ को नौ महिनामा पन्ध्र प्रतिशत मात्र बिकास बजेट खर्च गरेको छ ।बैशाखको सुरुमा प्राप्त विवरण अनुसार पुजिगत (बिकास बजेट) तर्फ १५ करोड ५६ लाख ३४ हजार रुपैयाँ बजेट बिनियोजन गरेको अन्नपूर्णले जम्मा दुई करोड ३५ लाख १६ हजार ४०० रुपैयाँ अर्थात १५ प्रतिशत बजेट खर्च गरेको छ ।

जुन खर्चको अवस्थालाई लाजमर्दो मानिएको छ । त्यसैगरी नौ महिनाको अबधीमा चालु तर्फ २९ करोड ५६ लाख ७५ हजार ६३० रुपैयाँ बजेट बिनियोजन गरेकोमा नौ करोड ५० लाख २६ हजार ५६ अर्थात ३२ प्रतिशत खर्च गरेको छ । अन्य स्थानीय तहहरुले पुँजिगत तर्फ सरदर तीस प्रतिशत बजेट खर्च गर्दा सबैभन्दा कम बिकास बजेट परिचालन गर्नेमा अन्नपूर्ण गाउँपालिका पहिलो नम्बरमा आउँछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार