श्रीमानलाई खानामा विष हालेर मारेको अभियोगमा पार्वती पक्राउ

श्रीमानलाई खानामा विष हालेर मारेको अभियोगमा पार्वती पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ११ बैशाख २०७८
  • 18.4K
    Shares

पार्वती थापा मगर, janasanchar

आफ्नै श्रीमानलाई खानामा विष हालेर मारेको अभियोगमा प्रहरीले भक्तपुरको सूर्यविनायकबाट एक महिलालाई पक्राउ गरेको छ।

धादिङ घर भई सूर्यविनायक नगरपालिका,४ मा डेरा गरि बस्ने २९ वर्षीय पार्वती थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।अबियुक्त पार्वतीले भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका घर भएका पति विष्णु थापामगरलाई खानामा विष हालेर मारेको अभियोग प्रहरीले लगाएको छ।

थापाले ६ वर्षअघि २०७२ माघ २८ गते घरमै श्रीमान विष्णु थापा मगरलाई विष हालेको खाना दिएको र सोही खानाका कारण उनको मृत्यु भएको प्रहरीको दावी छ ।

थापाको भान्साबाट उठाइएको गहतको दाल, अण्डा करी, खाना (भात) तथा मुछिएको खानासमेतको परीक्षणको लागि प्रयोगशाला पठाइएको र ०७४ साउन ९ गते ती खानेकुरामा किटनाशक बिषादी फेला परेको गिरीले उल्लेख गरेका छन् ।

खानामा विषादी भेटिएपछि विष्णुका भाइ लोकबहादुरले भाउजु पार्वतीविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार