सिन्धुलीमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परेर एक प्रहरी जवानसहित तीन जनाको मृत्यु भएको छ । सिन्धुलीकै कमलामाई नगरपालिका¬–१४ चन्दनपुरमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक दुधौली नगरपालिका–४ घर भएका २६ वर्षीय यमकुमर दनुवार र उहाँका भतिज १३ वर्षीय आषिशकुमर दनुवार र अदितकुमर दनुवारको म्र्त्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। मोटरसाइकल चालक यमकुमर दनुवार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी जवान रहेको बताइएको छ।
घर बिदामा रहेका प्रहरी जवान दनुवारले चलाएको प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल कमलामाई नगरपालिका¬–१४ चन्दनपुरमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको सिन्धुली प्रहरीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकल चालक यमकुमर दनुवार र उनका भतिज १३ वर्षीय आषिशकुमर दनुवारको घटना स्थलमा नै र दुर्घटनामा घाइते भएका अदितकुमर दनुवारको उपचारका लागि सिन्धुली अस्पतालमा लगिएकामा अस्पतालमा पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए।