दुई थान भरुवा बन्दुकसहित कैलालीबाट एक युवा पक्राउ परेका छन्।
कैलालीको गौरीगंगा नगरपालिका ७ बस्ने वीर बहादुर थापा मगर दुई थान भरुवा बन्दुकसहित कैलालीबाट क्राउ परेका हुन्।
उनलाई प्रहरीले कैलालीको गौरीगंगा ९ स्थित शिवशंकर सामुदायिक वनबाट पक्राउ गरेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी भरत चौधरीले जानकारी दिए ।
वन्यजन्तु चोरी सिकारी गर्ने उद्देश्यले उक्त सामुदायिक वनमा प्रवेश गरेर शिकार खोजी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको दाबी छ।