कटुवा पेस्तोल बोकेर सुसुराली आएका तालिम सुनसरीबाट पक्राउ

कटुवा पेस्तोल बोकेर सुसुराली आएका तालिम सुनसरीबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ७ बैशाख २०७८
  • 9K
    Shares

janasanchar , तालिम मन्सुरी

कटुवा पेस्तोल बोकेर सुसुराली आएका एक व्यक्ति सुनसरीबाट पक्राउ परेका छन्।

ससुराली आएका सप्तरी कन्चनरुप नगरपालिकाका–१ का जमाल भन्ने तालिम मन्सुरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । उनलाई प्रहरीले सुनसरीको कोसी गाउँपालिका–४ जुद्धगन्जस्थित ससुराली घरबाट पक्राउ गरेको बताइएको छ।

मन्सुरीको साथबाट एकथान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएको प्रहरीले जानकारी दिएको छ। मन्सुरी अवैध हातहतियारको कारोवारमा संलग्न व्यक्ति भएको बताइएको छ । मन्सुरीले भारतको विहारबाट हतियार खरिद गरी नेपाल भित्राउने गरेको प्रहरी श्रोतले जनाएको छ ।

मन्सुरीविरुद्ध हातहतियार खरखजना अन्तरगत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार