सुन्दा पनि अचम्म लाग्ने, ‘निर्माण हुँदै गरेको पक्कि पुललाई हावाहुरीले उडायो।’ वास्तविकता पनि यही हो। त्यो पनि नेपालमा।
शनिबारको भीषण हावाहुरीले धादिङ जिल्लाको गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल उडाएको छ ।
त्यो पुल तीन वर्ष अघि निर्माण शुरु गरिएको थियो र एक महिनाभित्र सवारी साधन सञ्चालन गर्न सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको पुल हुरीका कारण ढलानका लागि ठिक पारिएको ट्रस उडाएपछि निर्माणकार्यसमेत रोकिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले जानकारी दिइन् । हुरीबतासले उडाए पनि छिट्टै ढलानका लागि काम गरिने योजना बनाउन ठेकेदार कम्पनीलाई आग्रह गरिएको उपाध्यक्ष तिमल्सिनाले बताइन् । फोटो कान्तिपुर स्रोत रातोपाटी डट कम