दाउन्नेमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु, २८ जना घाइते

दाउन्नेमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु, २८ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ५ बैशाख २०७८
  • 8.9K
    Shares

janasanchar, Daunne-Bus-Accident, दाउन्नेमा बस दुर्घटना

शनिबार साँझ पूर्वपश्चिम राजमार्गमा पर्ने पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये ३ जनाको मृत्यु भएको छ ।

दुर्घटना परी घाइतेमध्ये २ जनाको चितवनस्थित पुरानो मेडिकल कलेज र एक जनाको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।

दुर्घटनामा इलाम घर भएका २५ वर्षीया धनु दर्लामी, मकानपुर जिल्ला बकाय गाउँपालिका घर भई हाल विनयी त्रिवेणी २ दाउन्ने गुम्बामा बस्ने ५७ ज्ञामु हिसे छमु ग्याल्मो र चितवनको भरतपुर महानगरपालिका निवासी ६६ वर्षीय हिमलाल न्यौपाने रहेका छन् । २८ जना घाइते रहेका छन् । घाइतेहरु सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ७००० नम्वरको बस दाउन्ने बजार नजिक सडकबाट करिव २ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार